नेपाली सांगितिक आकाशमा उडान भर्न खोज्ने तमाम कला र गलाप्रेमी कलाकारहरू माझ संगीत हाम्रो आवाज (SHAA) परिवारले यहि मिति २०७६/०४/०२ गते अंग्रेजी सम्वत् 2019-08-19 सोमबारबाट खुल्ला स्मुल गायन प्रतिस्पर्धा को आयोजना गरेको छ।
देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण कलाप्रेमी गायक,गायिका माझ यस कार्यक्रमले सांगितिक क्षेत्रमा एउटा नया प्रतिभाको खोजी गर्न सहयोग पुग्नेछ।जो गायन अवसर बाट बन्चित छ उसका लागी सांगितिक यात्राको सेतू बन्नेछ भन्ने कुरामा विस्वास रहेको सस्थाका अध्यक्ष मीरा राईको छ।
यस कार्यक्रमबाट जसले फाईनल राउन्डको ताज जित्न सक्छ उसलाई आयोजकको तर्फबाट छानी छानी गीत गाउने अवसर दिनेछ यो नै कलाकारको लागी ऐतिहासिक सम्मान र पुरस्कार सावित हुने कुरामा आयोजक समिती विस्वस्त रहेको छ।
कार्यक्रमको पूर्ब सन्ध्यामा आयोजक समितीले प्रतियोगीहरूको लागी SHAA Songs Room(गिती कोठा) बनाएका छ।आयोजक कमिटीले निर्धारण गरेको गीत अडिसन देखि फाईनल राउन्ड सम्मका सबै गीतहरू भिडियो मा गाएर SHAA songs Room मा पठाउनु पर्नेछ।गाएको गीत पठाउदा आयोजक समितीले निर्धारण गरेको निती नियमको मर्मलाई टेकी स्टूडियो भर्सन, वाटरमार्क रहितको स्पष्ट अनुहार देखिने भिडियो तथा बाहिरी हो हल्ला रहितको शान्त वातावरणमा गाएर पठाउनु पर्ने समेत जनाएको छ।उपरोक्त नियम भन्दा बाहिरी गाईएको गीत निर्णायक मण्डलबाट स्वत क्यान्सिल हुन गएमा कुनै पनि बिबाद रहित नै निर्णायक मण्डलको निर्णय नै अन्तिम मान्न आयोजक समिती बाध्य हुने कुरा समेत उल्लेख गरिएको छ।कलाकार मित्रहरूले गीत गाउदा गीतको सुरूमा अथबा अन्त्यमा आफ्नो नाम र ग्रुपको नाम अनिबार्य भनिदिनु होला साथै निर्णायक मण्डललाई पठाउने भिडियो कुनै एक लाईक वा कमेन्ट रहितको हुनु पर्ने ब्यबहोराको समेत जानकारी गर्नुको साथै आयोजक समितीले गीत 2019/08/19 तारिक सोमबार नेपाली समयानुसार बिहानको १० बजे भित्र ट्रेक र ओरिजिनल गीतको लिंक दिई सक्नेछ जुन गीत एक हप्ता अथबा अर्को आईतबार नेपाली समय अनुसार बेलुकीको ९ बजे भित्रमा निर्णायक मन्डललाई उपलब्ध गराई सक्नु पर्ने कुरा समेत जनाईएको छ।
अध्यक्ष:- मीरा राई
संगीत हाम्रो आवाज

Categories: MusicNews