NSTIAN सञ्जय राई बने बिजेता

Posted Date : 2020-04-04

बिगत १० / १२ बर्ष देखी सञ्चालनमा आईरहेको Smule Sing! एप्स जस्को माध्यमबाट गीत संगीत प्रती झुकाब राख्ने संसार भरीका भिन्न देश भिन्न भाषा भाषिका आम तमाम संगीतप्रेमिहरुले यस एप्सको प्रयोग गर्दै आईरहनु भएको छ । एउटा बन्द कोठामा एक्लो ब्यात्तिले सहज तरिकाले सिक्न र गाउन सकिने हुनाले पनि यस्को प्रयोगकर्ता बढदै गईरहेको छ तर अझै समुहमा संगठित हुँदा सिकाई प्रकृया ब्यापक हुने अपेक्षाले अहिले स्मुल मार्फतनै धेरै सांगितिक समुह बनेको छ जुन दर हाम्रो देश नेपालमा पनि बढ्दै छ । सांगीतिक समुह धेरै नै भए पनि सबैको उदेश्य भने गीत संगीतलाई माया गर्नु र बंचाउनु नै हो ।

हाम्रो देश नेपालमा स्मुलद्वारा निर्माण भएको पहिलो सांगितिक समुह एनेस्टी हो जस्लाई भेष बहादुर गुरुङले सन्चालनमा ल्याउनु भएको थियो । अहिले एनेस्टीमा रहेर धेरै नब आगन्तुक गायक गायिका हरुको उदाउँदो क्रम जारी नै छ भने एनेस्टीलाई पछ्याउँदै भिन्न भिन्न सांगितिक समुहको पनि जन्म भएको छ जस्ले गर्दा पनि स्मुल अझै शसक्त बनेको छ । यसै क्रममा एक बर्ष अगाडी देखी सञ्चालित समुह एच.पि .एस .एस .जि ले पहिलो बसन्त पार गरेको सुखद उपलक्ष्यमा प्रविन अफिसियल द्वारा उपहार स्वरुप प्रदान गरेको “ आँखाको नानी सोल्टिनी “ एल्बम बिमोचन गर्दा उत्त गीत लाई मध्य नजर गर्दै अर्को समुह एस एस ओ जि ले सोही गीतमा खुल्ला प्रतिस्पर्धा गराईएको थियो जस्मा सयौं प्रतिपर्धीलाई पछी पार्दै एनेस्टिका सकृय सदस्य एनेस्टी सन्जय राई ज्यूले जित हाँसिल गर्नु भएको छ । यसरी बिभिन्न प्रतियोगिताको आयोजना गर्दै प्रतिस्पर्दा गराउँदै जाँदा समुहहरु बलियो अनि आबद्द सदस्य सकृय हुने र थप उर्जा हौसला पुग्ने गरेको छ जस्को फाईदा नेपाली गीत संगीलाई पनि पुगेको अनुभुती हुन्छ ।

NSTIAN  सञ्जय राई बने बिजेता