इराक सुलेमानिमा गायक दुर्गेश थापा र तेम्बो लामा लाई भब्यतका साथ स्वागत गरियो

Posted Date : 2020-02-27

हिमालयन शेर्पा युनिक ग्रुप द्वोरा भोलि हुन गइरहेको शेर्पा हरुको महान पर्व २१४७ औं  ग्यल्पो ल्होसार कार्यक्रममा आउनु भएको कलाकार  गायक दुर्गेश थापा र तेम्बो लामा लाई   इराक सुलेमानीमा भब्य  स्वागत गरियो ।

नेपाल सरकार बाट प्रतिबन्धित देश इराकमा हिमालयन शेर्पा युनिक ग्रुपले दोस्रो चोटि आयोजना गरेको  कार्यक्रममा यस्पली नेपाल देखि चार्चित गायक तथा मोडल दुर्गेश थापा र सेलो गायक तेम्बो लामा  आउनु भयो र  ईराक आउँदा कुनै  अफ्ट्यारो नभएको  कुरा  कलाकार थापा ,लामाले बताए
ग्रुपको स्वागत देखेर कलाका थापा र लामाले ग्रुप प्रतिको सम्मान लाई  धन्यवाद दिदै  भोलि हुना गाइरहेको कार्यक्रममा सम्पुर्ण इराक कुर्दिस्तानमा रहनु भएको  नेपाली दाजुभाइ ,दिदिबहिनी साथै ल्होसार प्रेमी हरुलाई कार्यक्रममा उपस्तिथि को लागि अनुरोध गरेको छ ।

इराक सुलेमानिमा गायक दुर्गेश थापा र तेम्बो लामा लाई  भब्यतका साथ  स्वागत  गरियो