रास्कोट अस्पतालमा एनेस्टीले केही रकम सहयोग गरेको छ

Posted Date : 2020-04-04

करोडौं जनताको मन मस्तिष्कमा बस्न सफल पत्रकार जस्ले सन २०१३ मा सबै भन्दा लामो अन्तर संवाद कार्यक्रम सिधाकुरा जनतासंग चलाएर बिश्व रेकर्ड कायम गर्नु भएको आदरणिय रबी लामिछाने ज्यू जो अहिले news24 मार्फत सोही कार्यक्रम प्रस्तुत गर्दै समाज सेवामा समेत थप टेवा पुर्‍याउंदै आउनु भएको छ । यही क्रममा उहाँको अभियानमा रास्कोट अस्पताल समेत निर्माणाधिन अवस्थामा छ जस्लाई सफल बनाउनको लागी स्वदेश तथा बिदेस मार्फत लाखौं सहयोगी दाताहरु समेत सहयोगको लागी अगाडी बढिरहनु भएको छ जस्को ज्वलन्त उदाहरण हो “ एनेस्टी “ - हामी एक हौं (स्मुल ग्रुप ) जस्ले बिगत ३ बर्ष देखी प्राकृतिक प्रकोप भुकम्प जाँदा होस या बाढी पहिरो या त कुनै ब्याक्ती बिरामी पर्दा बंचाउ अभियाननै किन नहोस ? हरेक पटक सहयोग गर्दै आईरहेको छ ।

अहिले वन्दै गरेको रास्कोट अस्पतालमा पनि एनेस्टी ले केही रकम सहयोग गरेको छ जुन एनेस्टीको जर्ज अनि कोसाध्यक्ष सदिप समर्पण राई ज्यू द्वारा रबी लामिछाने फाउन्डेसनमा हस्तान्तरण गरिएको छ ।

 

कुनै एउटा बिरामीलाई सहयोग गर्नु बँचाउनु राम्रो कुरा हो तर अझै एउटा अस्पताल लाई सहयोग गर्नु भनेको धेरै बिरामी लाई बंचाउनु र सहयोग गर्नु हो भनेर एउटा निर्मानाधिन क्रममा रहेको रास्कोट अस्पताललाई सहयोग गर्न लागिएको हो भनेर एनेस्टी हामी एक हौं का संस्थापक भेष गुरुङ ज्यूले यो अभियानमा अझै धेरै जनालाई समाबेस हुनको लागी पनि अनुरोध गर्नु भएको छ ।

रास्कोट अस्पतालमा एनेस्टीले केही रकम सहयोग गरेको छ