संगीत सुख दुखको साथी सुन्दा मन स्थिर हुने ब्यक्त गर्दा अस्थिर बनाउने

Posted Date : 2020-04-05

गीत संगीतले सबैको मन छुन्छ यसप्रती सबैको मोह हुन्छ। सुखमा होस या दुखमा गीत संगितको सहायतले मन्त्रमुग्ध भएर मन बुझाउने मन भुलाउने एक माध्यम हो गीत अनि संगीत,जुनसुकै अवस्थाका बालक देखी बृद्द जो कोही पनि सायद गीत संगीतमा झुकाब राख्न अछुत छैनन। युवा अवस्थामा प्रबेश गरेका नयाँ पुस्ताका अधिकाँश त झन गायक बन्ने सपना बोकेर अगाडी बढिरहेको पाईन्छ,त्यसैले पनि अहिले नेपालमा धेरै रियालिटी सो हरु फस्ताउँदो छ,अनि अर्को कुरा पेशाले जो जहाँ जे मा आबद्द रहे पनि गीत संगीतलाई नजिकबाट नियाल्न सुन्न र यसैमा भुल्न मन पराउनेहरु पनि अधिक नै हुनुहुन्छ। यसै सन्दर्भलाई मध्य नजर राख्दै बाल्यावस्था देखीनै गीत संगीतमा अथाह अभिरुची राख्नु भएकी तर उचित समयको अभावले खुलेर अगाडी बढ्न नपाईरहेको पेशाले गृहणी “ रिमा रोका मगर “ ज्यू संग एनेस्टी एडभाईजर एनेस्टी किङ एडिले लिनु भएको अन्तरवार्ता लाई हजुरहरु समक्ष प्रस्तुत गर्दैछौं!

 

*नमस्ते रिमा ज्यू!

- नमस्ते हजुर!

 

*के गर्दै हुनु हुन्छ ?(Lock down)को प्रभाव कस्तो छ ?

- Lock down ले गर्दा बाहिर निस्कने कुरै भएन ,घरमै बसेर गीत संगीत सुन्ने र गुनगुनाउने अनि घरकै काममा ब्यस्त छु । बिस्व कोरोनाले भयभित भैरहंदा सरकारले हाम्रै सुरक्षाको खातिर lock down गरेको छ , राम्रैसंग पालना गरेकी छु।

 

*भनेपछी सरकारको यो निर्णय प्रती सन्टुष्त हुनुहुन्छ ?

- एकदमै एडि जि , तत्काल गरेको यो निर्णयले गर्दानै नेपालमा फैलिन पाएको छैन नत्र हेर्नुसन बिकसीत देश ईटाली स्पेन अमेरिकाको हालत त्यसैले सरकारको हामी जनताको लागी गरेको Lock down निर्णय तारिफ योग्य छ। सबैलाई Lock down को पालना गर्न पनि अनुरोध गर्दछु!

with judge Angela Shrestha

*ल अब घर तिर प्रबेश गरौं , घरमा को को हुनुहुन्छ ?

-घर चितवन हो , म श्रीमान अनि छोरा काठमाडौंमा छौं । श्रीमानको कामको शिलशिलाले गर्दा यतै छौं ।

 

*श्रीमान के गर्नु हुन्छ ?

- सेनामा हुनुहुन्छ , देशको सेवामा आबद्द हुनुहुन्छ ।

 

*ए अब गीत संगीत तिरको कुरा जोडौं है - गीत संगीत भन्नाले के बुझ्नु हुन्छ ?

- जो कोहिको पनि तरङ्गित मनको भावना पोख्ने माध्यम , सुख दुखको साथी सुन्दा मन स्थिर हुने ब्यक्त गर्दा अस्थिर बनाउने सुर ताल र लयको संगम हो । गीत संगीत बिनाको सँसार अधुरो र अकल्पनिय छ।

*गाउन कहिले देखी र को बाट प्रभाबित हुनु भयो ? Family support कस्तो छ ?

- स्कुल पढ्ने बेला देखीनै स्कुलका प्रोग्रामहरुमा गाउने गर्दथें, प्रभावित यो बाट त्यो बाट भन्दा पनि म सबैको गितहरु सबै प्रकारको गीतहरु सुन्ने र गुनगुनाउने गर्दछु । जब देखी smule singing Apps आयो अनि एनेस्टिमा आबद्द भएँ झन धेरै संगी साथीको संगत र सिकाइले थप हौसला र संगीत प्रती निरन्तर रुची बढ्दै गएको छ ।

Family Support भन्नै पर्दा श्रीमान टटस्थ हुनुहुन्छ,बाबु सानै छ हेरचाहा गर्नै पर्‍यो हैन र ? हेरम आगामी दिनमा अझै सोख बढ्दै गए यो क्षेत्रमा केही त गर्ने पर्ने देखेकी छु।

 

*परिवार समाल्न अनि संगीतलाई समेट्न गाह्रो छ है ? अनि एउटा कुरा रिमा जि संगीतको सिकाई संगै शिक्षा क्षेत्रको अध्ययन कती सम्म गर्नु भएको छ?भन्न मिल्छ ?

- अलि समय निकाल्न गाह्रो हुने रैछ एडि जि ,अहिले स्मुल मार्फत गाउँदै छु समय निकालेर अझै माथी पुग्ने मन छ । शैक्षीक योग्यता त Sociology मा Master गरेर बसेकी छु ।

 

*अनि Job किन नगर्नु भएको त ?

- बाबु सानै छ त्यसैले पनि घर छोड्न नमिल्ने अवस्था छ ।

 

* ए ए अनि तँपाई त एनेस्टिमा लिडर पोस्टमा हुनु हुन्छ , एनेस्टीको आगामी प्रोगामको बारेमा बताईदिनुस न त ।

- हजुर्, प्रोग्रामहरु धेरै छन तर बिस्व माहामारीको रुपमा देखा परेको कोरोनाले गर्दा स्थगीत गरिएको छ , कोरोना हट्दै गए स्थगित प्रोग्रामहरु छिट्टै सुचारु गरिन्छ ।

 

*हवस्त रिमा जि, धेरै खुशी लाग्यो तँपाईको बारेमा केही कुरा जान्ने मौका मिल्यो आगामी दिनमा अझै गीत संगीत प्रती सोख बढ्दै जाओस प्रयाप्त समय मिलाएर देखेको सपना पुरा गर्न सफल हुनुस , अनगिन्ती शुभकामना छ!

- हजुरलाई पनि मेरो केही कुराहरु राख्ने वातावरण मिलाई दिनु भएकोमा धेरै धेरै धन्यवाद!

 

 

संगीत सुख दुखको साथी सुन्दा मन स्थिर हुने ब्यक्त गर्दा अस्थिर बनाउने