एनेस्टी जनम पुन मगरको मौलिक सालैजो “ लाहुरे सोल्टि “ सार्बजनिक

Posted Date : 2020-02-27

 

NST को सदस्य लोक दोहोरी गायक जनम पुन मगरको मौलिक सालैजो “ लाहुरे सोल्टि “ बजारमा आएको छ । भुपेश बुढा मगरको उत्कृष्ट शब्द अनि लय सिर्जनामा पदम बि .सि. ले म्युजिक अरेन्ज गर्नु भएको छ । उहाँलाई याम माया शिरिस मगरले स्वर मार्फत साथ दिनु भएको छ । उत्त गितमा सुमन थापा मगर अनि शान्ती परियारको अभिनय रहेको छ । बिशेष गरेर मगर गुरुङ समुदायमा प्रचलित गीत सालैजो भएर होला त्यसै अनुरुप मगर गुरुङ समुदायको कथा अनि ब्यथालाई चित्रण गरिएको छ । जब युवा किशोराबस्थामा प्रबेश गर्छन तब लाहुरे हुने , परापूर्वको चलन अझै पनि यथावत रहेको छ जुन सायद अझै पुस्तौसम्म जाने होकी भन्ने प्रश्न चिन्ह मगर गुरुङ समुदायमा रहिरहेको छ । “ लाहुरे सोल्टि “ मा पनि लाहुर बाट धेरै पछी लाहुरे आएको अनि आफ्नो सोल्टिनी संग रोदिमा भेट भएको हर्ष अनि सुखद क्षण लाई सालैजोले उजागर गरेको छ । जब लाहुरे आफ्नो गाँउमा फर्कन्छ र रोदिमा सोल्टिनी संग संगै नाच्न र गाउन पाँउछ उस्ले लाहुरको दुख पिडालाई बिर्सन्छ भने बर्षौं देखी लाहुरेको प्रतिक्षामा बसेकी सोल्टिनिले पनि लाहुरेको उपस्थितीमा आफ्नो एक्लोपन भुलेको यथार्थलाई लाहुरे सोल्टिमा समेट्न खोजिएको छ । साईनो फिल्म अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको सालैजो शिशिर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । अहिले बजारमा “ लाहुरे सोल्टि “ ले राम्रो छाप छोड्दै गैरहेको छ ।

Full Video

Don't forget to like comment and share 

एनेस्टी जनम पुन मगरको मौलिक सालैजो “ लाहुरे सोल्टि “ सार्बजनिक