दुर्गेश थापा र तेम्बो लामा कुर्दिस्तान ईराकमा(ग्याल्पो ल्होसार) सांगीतिक कार्यक्रममा आउँदै

Posted Date : 2020-02-01

दुर्गेश थापा र तेम्बो लामा कुर्दिस्तान ईराकमा(ग्याल्पो ल्होसार) सांगीतिक कार्यक्रममा आउँदै। ग्याल्पो ल्होसार मनाउन गायक (दुर्गेश थापा र तेम्बो लामा)कुर्दिस्तान आउने भएका छन्, शेर्पा जातिको भाषा,संस्कृती र जातीय पहिचान हाम्रो सान हाम्रो जातीय रीतिरिवाज,भाषा र धर्मलाई सम्वर्द्धन र सम्मान गरौँ! भन्ने मुल नारासहित आयोजना गरिएको (ग्याल्पो ल्होसार) विशेष सांस्कृतिक धमकामा सांगीतिक प्रस्तुती दिन उहाँहरु कुर्दिस्तान आउने आयोजक शेर्पा युनिक ग्रुप ले जनाएकोछ। यस कार्यक्रमको लागि (Media Partner) को भुमिकामा Nepalese Sing Together-(NST) रहेकोछ। (२१४७ औं)च्या फो-चिवा ल्हो ग्याल्पो ल्होसारको अवसर पारेर आगामी फेब्रुअरी २८ तारिखका दिन हिमालयन शेर्पा युनिक ग्रुपले कुर्दिस्तानस्थित सुलेमानि सर्चिनारको कुर्दोनिया हलमा ल्होसार सांस्कृतिक धमाका आयोजना तयार गरेको हो। शेर्पा जातिको रीतिरिवाज अनुसार पुजा गरि कार्यक्रम सुरुवात गरिने ग्रुपका संस्थापक ठिलेन शेर्पाले जानकारी दिनुभयो। कार्यक्रमलाई विशेष बनाउन नेपालबाट गायक तथा मोडल (दुर्गेश थापा)र सेलो गायक (तेम्बो लामा)लाई आमन्त्रण गरिएको ग्रुपका अध्यक्ष ठूलोकान्छा शेर्पाले बताउनु भयो। साथै उहाँले कुर्दिस्तानमा कार्यरत सम्पूर्ण नेपाली समुदाय हरूलाई कार्यक्रममा सहभागिताका लागि निम्तो दिनु भएको जानकारीमा आएकोछ। Media Partner:Nepalese Sing Together-(NST)

दुर्गेश थापा र तेम्बो लामा कुर्दिस्तान ईराकमा(ग्याल्पो ल्होसार) सांगीतिक कार्यक्रममा आउँदै