लागे छ लक डाउन बिन्ती गर्छौं नेपाली जन हो घर बाहिर नजाउन भन्दै सन्देश मुलक शब्दमा गीत

Posted Date : 2020-04-22

चाहे बिकसीत देश हो चाहे बिकासोन्मुख या अल्पबिकसीत देश नै किन नहोस अहिले अधिकाँश देशहरु कोरोना भाईरसको जोखिममा छन । बिस्वभर अहिले सम्म डेढ लाख मानिसको मृत्यु भैसकेको छ । उसो त बिस्वको शक्तिसाली राष्ट्र मानिएको अ्मेरिकामा झन सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

हाम्रो देश नेपालमा पनि ३१ जना सङ्क्रमीत भैसकेका छन भने अझै बढ्ने क्रम जारी छ , त्यसैले नेपाल सरकारले बिगत ३ हप्तादेखी लक डाउन गरेको छ जस्को कारण नेपाली जनता अहिले घर भित्रै सिमित हुन परेको छ तर केही ठाँउहरुमा लक डाउनको उलङ्घन गरेको पाईएको छ । यसैलाई मध्यानजर गर्दै स्मुल मार्फत एनेस्तियन एडिसन दर्लामी मगर र एनेस्टियन माया थापाले “ लागे छ लक डाउन बिन्ती गर्छौं नेपाली जन हो घर बाहिर नजाउन भन्दै सन्देश मुलक शब्दमा गीत गाउनु भएको छ जुन सामाजिक सन्जालमा भाईरल हुँदै गैरहेको छ । कोरोना सङ्क्रमित बढिरहेको र अब आफु पनि सुरक्षित रहने अरुलाई पनि सुरक्षित राख्नको लागी सम्पुर्ण सचेत बनेर सरकारको लक डाउन नियमलाई आत्मैदेखी पालाना गर्नुपर्छ भन्दै राम्रो सन्देश दिनुभएको छ ।

LINK

यस अघी पनि एनेस्टी बाट समय सान्दर्भिक शब्दमा समाजमा घटेका अनेकौं घटना लाई टपक्क टिपेर धेरै गीत हरु सन्जालमा भाईरल भैसकेको छ ।

लागे छ लक डाउन बिन्ती गर्छौं नेपाली जन हो घर बाहिर नजाउन भन्दै सन्देश मुलक शब्दमा गीत