समाजसेवी पत्रकार रबी लामिछाने ज्यू लाई लक्षित गरेर NST AD ले गाए गित

Posted Date : 2019-08-16

समय सान्दर्भिक शब्दमा गित गाउने क्रममा आज फेरी पनी NST_AD एडिसन दर्लामी मगर र शर्मिला सुनुवारको मिठो स्वर अहिले सम्मको उकृष्ट शब्दमा “ जय रबी दाई ,३ करोड जनताको साथ छ तिमीलाई “नमस्ते देश तथा बिदेशमा छरिएर रहनुभएका समस्त नेपाली महानुभावहरुमाआज फेरी समय सान्दर्भिक गित गाउने क्रममा “ समाजसेवी पत्रकार रबी लामिछाने ज्यूलाई लक्षित गरेर गाएका छौं जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुस । मन परे सेयर गर्नुस है ! बिसेष धन्यबाद –  तेजेन्द्र भण्डारी , भगवान खत्री लगायत सम्पुर्ण Smule Singer साथिहरु

सुन्नुस न ए जनता हाम्रो नेपालमा राम्रो गर्ने ब्याक्ती लाई पार्छन जालझेलमा !
सबैलाई थाहा छ नि को हुन रबी दाई भ्रष्ट मिली मैल्याउँदैछन उनको छबिलाई !!

 

पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ सहयोग गर्ने लामिछानेको प्रतिवद्धताप्रहरीले नियन्त्रणमा लिँदै गर्दा पत्रकार लामिछानेले घटनाको विषयमा छानविन गर्दा प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।आजै प्रसारण हुने कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हुँदा पौने नौ बजेको सो कार्यक्रम अवरुद्ध भएको छ ।सोघटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अस्मिता कार्कीलाई यसअघि काठमाडौंबाट पक्राउ गरेको थियो । पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो ।

समाजसेवी पत्रकार रबी लामिछाने ज्यू लाई लक्षित गरेर NST AD ले गाए गित