राईजिङ नेपाल इन्टरटेनमेन्ट युटुब च्यानल मार्फत सन्तोष बिष्टको नेपाली आधुनिक गीत “ किन होला ? “ सार्बजनिक भएको छ । स्मुल मार्फत थुप्रै गितहरु गाएर आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल बन्नुभएको बिष्टको एल्बम भने यो पहिलो हो । गाउन मात्र हैन बिष्ट अझै अभिनयमा पनि पोख्ट हुनुहुन्छ ।


दुई प्रेमिहरु प्रेममा लिप्ट हुँदै गर्दा तेस्रो ब्याक्तिको आगमन भएर शंका उत्पन्न हुने तितो यथार्थलाई समेट्न खोजिएको छ , चोखो माया गर्ने तर देखाउन नसक्दा , बुझाउन नसक्दा छाट्टी चिराचिरा भैसक्दा पनि आजभोलि किन होला ? बुझ्दै नबुझेको प्रसङ्ग जोडिएको छ । अर्कै साथी पाएर आँखा तारेको बाटो मोडेको त हैन भन्दै चोखो मायाको कसम खाएर ,मन पराउने हजार भएनी जूनी काट्ने एउटै हुने उनै हुने भनेर गित समायोजन गरिएको छ । भिडियोमा पनि त्यही शब्द अनुरुपनै चोखो माया गर्ने जोडी शंका गर्दै माया गर्दै गरिएता पनि शंका उपशंका छिचोलेर अन्तत मिलन भएको देखाईएको छ ।

किशोर सुब्बाको शब्द र संगित , भिषण मानन्धरको एरेन्ज अनि तेजेन्द्र भण्डारीको निर्देशन छायाङ्कन र सम्पादनमा टिकटक मार्फत भाईरल हुंदै गर्नुभएका भिमा मगर अनि सबिन थापा मगरको उत्कृष्ट अभिनय रहेको छ । एडिसन दर्लामी मगर अनि नेपालको पहिलो स्मुल ग्रुप एनेष्टिको बिशेष सहयोगमा बनेको उत्त गितको भिडियो जापानको राजधानी टोकियोको आसपासका क्षेत्र समुन्द्र अनि एबिसुमा रहेको संसारकै पहिलो ब्यस्त जेब्रा क्रसिङमा छायाङ्कन गरिएको छ । अचम्मको कुरा त यो छ कि गायक , मोडल , निर्देशक सबैको यो पहिलो प्रयास हो , यधपी गित अभिनय अनि भिडियो भने उत्कृष्ट र अब्बल बनेको छ ।

यो हेर्नुस  भिडियो 

Categories: Music