डिशहोमको अंग्रेजी सांगीतिक प्रतियोगितामा शिवना विजयी

black android smartphone

म्यासेन्जरको च्याट स्वतः डिलिट हुने फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । पछिल्लो केही वर्षयता इन्स्ट्यान्ट म्यासेजिङ एपहरु निकै लोकप्रिय बनेका छन् । म्यासेन्जर, टेलिग्राम, ह्वाट्सएप जस्ता इन्स्ट्यान्ट म्यासेजिङ एपमा इण्ड-टु-इण्ड इन्क्रिप्सन हुन्छ, जसले च्याटलाई सुरक्षा प्रदान गर्छ । 

फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ सेक्रेट कन्भर्सेसन फिचर ल्याएको छ । यसमार्फत कुनै पनि म्यासेज पढिसकेपछि आफैं हराएर जान्छ । 

म्यासेज स्वतः डिलिट हुने यस किसिमको फिचर टेलिग्राममा यसअघि नै आइसकेको थियो । 

तर तपाईंले सामान्य च्याट बक्समा यो फिचर प्रयोग गर्न सक्नुहुँदैन । सेक्रेट कन्भर्सेसन भित्रको यो छुट्टै च्याट प्यानल हो, जसमा केही अतिरिक्त अप्सनहरु पनि छन् । 

यस किसिमको मेटिने म्यासेज पठाउन तपाईंले आफ्नो म्यासेन्जरमा केही सेटिङ मिलाउनु पर्नेछ । 

१. सबैभन्दा पहिले गुगल प्ले स्टोरमा गएर त्यहाँबाट म्यासेन्जर एपलाई अपडेट गर्नुहोस् वा एप अटाे अपडेटमा राख्नुहाेस् । 

२. अब च्याट गर्ने साथीकाे नाम सर्च गरेर च्याटबक्समा जानुहाेस् ।

३. स्मार्टफाेनबाट हुनुहुन्छ भने माथिपट्टि दायाँतर्फ रहेकाे अप्सनमा क्लिक गर्नुहाेस् र ‘गाे टु सेक्रेट कन्भर्सेसन’ अप्सनलाई चयन गर्नुहोस् ।

४. एउटा च्याट प्यानल खोलिन्छ । त्यहाँ म्यासेज टाइप गर्नुहोस् । 

५. टाइप गर्ने ठाउँमा ‘टाइमर’ सेट गर्ने अप्सन हुन्छ । कति समयपछि म्यासेज स्वतः डिलिट हटाेस् भन्ने चाहनुहुन्छ, त्याे सेट गर्नुहाेस् । 

६. अब तपाईंले सेट गरेको समयभित्र जुनसुकै म्यासेज पनि हराएर गएको पाउनुहुनेछ । 

आईफोनमा गम्भीर कमजोरी, फोन नछोइकन ह्याकरले सबै डेटामा एक्सेस गर्न सक्ने

काठमाडौं । आईफोनमा एउटा ठूलो त्रुटि फेला परेको छ । जसमार्फत ह्याकरले प्रयोगकर्ताको आईफोन प्रयोग नै नगरी उक्त फोनमा भएका सम्पूर्ण डेटामा एक्सेस राख्न सक्नेछन् । गुगलका अनुसन्धानकर्ताले आईफोनमा रहेको यस्ताे त्रुटि पत्ता लगाएका हुन् ।

अध्ययन अनुसार प्रयोगकर्ताले आईफोनमा के गरिरहेको छ र फाेनमा कस्ता सामग्री छन् भन्ने विषयमा सम्पूर्ण जानकारी ह्याकरले संकलन गर्न सक्छन् । आईफोन प्रयोगतर्काले कुनै शंकास्पद लिंक तथा माल्वेयर डाउनलोड नगर्दा पनि यस्तो एक्सेस ह्याकरले लिन सक्नेछन् ।

माल्वेयरकाे हकमा ह्याकरले उक्त आईफोन प्रयोगकर्ताको ईमेल अथवा कुनै एपमा एक्सेस राख्नुपर्ने हुन्थ्यो । तर, पछिल्लाे अध्ययनमा ह्याकरले वाईफाइ नेटवर्कमार्फत नै आईफोन एक्सेस पाइरहेको उल्लेख गरिएकाे छ ।

ह्याकरका लागि निश्चित आईफोन ह्याक गर्न समान वाईफाई रेञ्जमा जानुपर्ने हुन्छ । यसको अर्थ ह्याकर र आईफोन प्रयोगकर्ता एउटै वाईफाईबाट जोडिएको हुनुपर्ने भन्ने होइन ।

ह्याकर यदि आईफोन प्रयोगतर्काले प्रयोग गरिरहेको वाईफाई नेटवर्कको रेञ्जभित्रै छ भने उसले आईफोन प्रयोगकर्तालाई निगरानी गर्न सक्नेछ ।

साथै उसको फोनमा भएका डेटामा सहजै एक्सेस प्राप्त गर्न सक्नेछ । यो विषयमा पुरा जानकारी सहित गुगल प्रोजेक्ट जिरोका अनुसन्धानकर्ता आयन बियरले ब्लग नै लेखेका छन् ।

closeup photo of person holding panasonic remote control in front of turned on smart television

अब नेपालबाटै नेटफ्लिक्स तथा अमेजनको भुक्तानी गर्न सकिने भएको छ

closeup photo of person holding panasonic remote control in front of turned on smart television
Photo by freestocks.org on Pexels.com

काठमाडौं । अब नेपालबाटै नेटफ्लिक्स तथा अमेजनको भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अन्तर्राष्ट्रिय डिजिटल सेवा तथा ईकमर्सको भुक्तानीको विषयलाई समेटेको हो ।

मौद्रिक नीतिको समीक्षा प्रतिवेदनको बुँदा नम्बर ६६ मा अनलाइन मार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख छ ।

No description available.
आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रतिवेदनको अंश

केही दिन अघि मात्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनलाइनमार्फत ५०० अमेरिकी डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने व्यवस्थाको विषयमा छलफल चलिरहेको बताएका थिए । मौद्रिक नीतिमै उक्त विषयले औपचारिक प्रवेश पाएसँगै राष्ट्र बैंक अनलाइनमार्फत हुने अन्तर्राष्ट्रिय भुक्तानीका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने गृहकार्यमा जुटेको छ ।

अब चाँडै नै अमेजन, नेटफ्लिक्स जस्ता सेवा तथा अन्तर्राष्ट्रिय ईकमर्स कम्पनीबाट सामान खरिद गर्दा त्यसको भुक्तानी नेपालबाटै गर्न सकिनेछ । हाल कानूनी व्यवस्था नहुँदा एकातर्फ नेपालबाट त्यस किसिमको भुक्तानी गैरकानूनी मानिँदै आएको छ भने नेपाली उपभोक्ताहरु विश्वस्तरिय सेवाको लाभ लिन बाट बञ्चित हुँदै आएका छन् ।

युट्युवको २०२० को टप ट्रेण्डिङ सूचीमा परेका भिडियो र क्रिएटर

काठमाडौं । युट्युवले आफ्नो प्लेटफर्ममा लोकप्रिय रहेका भिडियो तथा क्रिएटरको वार्षिक सूची प्रकाशित गरेको छ । हरेक वर्ष युट्युवले दर्शकले धेरै रुचाएका भिडियो र क्रिएटरको सूची निकाल्ने गर्छ ।

युट्युवको २०२० को टप ट्रेण्डिङ सूचीमा परेका भिडियो र क्रिएटर यस्ता छन् ।

Netflix Is A Joke – 8:46, Dave Chappelle
Mark Rober – Building the Perfect Squirrel Proof Bird Feeder
SNL – First Debate Cold Open
JeffreeStar – We Broke Up
MrBeast – I Bought The World’s Largest Firework
NikkieTutorials – I’m Coming Out.
Dream – Minecraft Speedrunner VS 3 Hunters GRAND FINALE
NBC – Ricky Gervais’ Monologue – 2020 Golden Globes
Dude Perfect – Quarantine Stereotypes
SomeGoodNews – Some Good News with John Krasinski – Ep 1
यस वर्ष कुनै निश्चित विषय वा एजेण्डामा भिडियोहरु ट्रेण्डिङमा बसेनन् । विषयवस्तु र भिडियोका प्रकारहरु पनि धेरै किसिमका थिए । तर हाँस्य व्याङ्ग्यात्मक सामग्री भने ट्रेण्डिङमै रह्यो ।

MrBeast
Dream
ZHC
SSSniperwolf
Tiko
Chloe Ting
JoshDub
The Royalty Family
LazarBeam
James Charles
यी सूचीबाट थाहा पाउन सकिने कुरा भनेको शीर्ष १० च्यानलको सूचीमा पहिलो पाँचवटा भिडियो गेमिङ सामग्रीसँग सम्बन्धित छन् ।

माथिका सूचीहरु हेरेपछि युट्युवमा कन्टेन्ट क्रिएटरहरुलाई आफ्नो भिडियोमा गर्नुपर्ने किसिमका सुधारहरु पनि धेरै हदसम्म थाहा हुन्छ ।

(“आमा”) वास्तविक जीवन कथा:राज वाम्बुले

(“आमा”) वास्तविक जीवन कथा:राज वाम्बुले

(#आमा”)लाई समर्पित भावनात्मक अभ्यासका केहि अंशहरू:

यो शब्दको दुई अक्षरनै
मानिसको भावना,संकीर्ण सोच,शत्रुता लगायत हरेक क्षेत्र ठाउँ र अवस्था अनुसार आफुलाई सहजता अपनाउन आमाले दिनु भएको आदर्श र ममता सम्झेर हामि सबै परिस्थिति संग आमाको संघर्ष र आमाको हामि प्रतिको बलिदान संग तुलना आफ्नो वर्तमान परिस्थितिमा जतिपनि हामिले उपलब्धिहरू ग्रहण गरेका छौँ त्यो आमालाई समर्पण गर्दछौँ!

म आज मेरो आफ्नो वास्तविक कथा सुनाउछु:
बचपन जनासम्म म आमाको दुध पिएर बाच्थे त्यो अवस्था मलाई थाहा छैन।तर जब मेरी आमाले भन्नुहुन्छ म सानोमा साह्रै चक्चके र थिएँ रे। जब म आफ्नो जीन्दगीको हरेक पलहरूको आफै सम्झना गर्नसक्ने मनोस्थितिमा
आइपुगेँ,

त्यहाँ यताका अवस्थाहरु यस्ता रहे:
लगभग ७,८ वर्षको उमेरबाट म आफुलाई सम्झन्छु, हरेक ठाँऊमा केहि गर्ने कोसिस गर्थेँ केहि समस्या पर्योकी आमाकै साहारा लिन्थे।
कुनै बेला गलत कामहरु झुक्किएर भै हाले भनेपनि आमाकै काखमा जान्थेँ गलत काम गरेको बेलामा बाबाको साथ कहिल्यै मागिएन किनकि बाबा गलत कामको सजाय दिनुहुन्थ्यो।
त्यो बाबाको महानता पनि हो। गलत काम गरेको बेला आमाको साथ किन खोजिन्छ? किनकि हामिले जतिसुकै गलत काम गरेनि आमाले हामीलाई माफ गर्नुहुन्छ, र यस्तो गलत काम नगर्न सुझाव/सतर्कता र प्रेरणा दिनुहुन्छ।

लगभग यो परिस्थिति,अवस्था मेरो(१५,१६) वर्षको उमेर सम्म निरन्तर रुपमा चलिरह्यो।
त्यस पछिको वास्तविक मानव रूपको आधार निर्धारण गर्न म आमाको साथ छोड्न खोज्छु, ताकि आफु केहि गरेर ति ममतामयी प्रेरणा हरूलाई केहि हदसम्म सुख दिन सकौँ!
तर विवशता यस्तो आइदिन्छ कि हाम्रा त्यस्ता सोचहरूलाई परास्त गर्न धेरै बाधा अवरोध हरू खडा हुन्छन जस्ले गर्दा हामिले हद सम्मको परिस्थिति हरुको सामना गर्नुपर्छ।
त्यो परिस्थिति हरुको सामना गर्नलाई मलाई प्रर्याप्त मात्रामा बाबाको सावधानीका ति मस्तिष्कमा रहेको हरेक शब्द र गुञ्जायमान तरङ्ग हरुनै काफी हुन्छ।

कतिपय अवस्थामा बाबाले दिएको त्यो सावधानीता हरूलाई ठाउँ-परिवेश अनुसार आफुले उपयोग गर्न नजान्दा निकै ठुलो दुर्घटना बेहोर्नुपर्ने अवस्था आउँछ। जब दुर्घटना अथवा असफल भईन्छ अनि फेरि त्यहीँ शब्द दोहोरिन्छ:

आमा,मलाई सारै गाह्रो भो….

म सफल भईन।
म अब के गरौँ?
आमाले भन्नुहुन्छ:छोरा छोडीदे ति सब संघर्ष आइज आफ्नै घर त्यहाँ सफल नभए के भो र अझै धेरै गर्ने ठाउँहरू छन्।
आमाको यस्तो प्रेरणाले उता भोक-तिर्खा र मानसिक तनावले जीर्ण अवस्थामा गुज्रिएको
म, छोरालाई फेरि उठेर संघर्ष गर्ने तागत दिन्छ।

अनि म फेरि उठ्छु संघर्ष गर्छु।
फेरि असफल हुन्छु त्यहीँ अवस्थाको सामना गर्छु ।
फेरि सफल हुन्छु कतै असफल बेहोर्छू तर आफुलाई कहिल्यै कमजोर बनाउदिन।
अझैसम्म संघर्ष गरि रहेकोछु केवल आमाको प्रेरणा,ममताले।
अझैसम्म बाँची रहेकोछु, केवल आमाको ममता र प्रेरणाले।
आजकल मलाई खुसि हुन कुनै/कसैको उपहार चाहिँदैन, मलाई खुसि हुन यति सम्झे पुग्छ (#आमा)

अहिले म,
आफ्नो सफलता मेरो आफ्नो जन्ममा देख्छु,जुन मेरी आमाले नौ महिना आफ्नो पेटमा हरेक परिस्थिति हरू संग आफुलाई भन्दा धेरै पेटमा भएको मलाई #Care गरेर हुर्काउनु भयो।

यो_धर्तीमा मेरी आमाले मलाई जन्म दिएर

म,आज यो संसार देखेको अनुभुति गरि रहेकोछु।

मेरोआमाबाबा ले मलाई यो संसारमा रहन काव्य बनाइदिनु भयो र आज म यी अवस्थामा छु।

मेरो बाबा_आमाले मलाई यहाँ सम्म सक्षम बनाईदिनु भयोर आज मेरो मतिष्क बाट यतिको सोचहरुको विकाश भएर यी भावना शब्दहरुलाई आफ्नो शब्दको रुपमा समेट्न सक्ने भएको छु।

(“आमा”) शब्दको बारेमा उत्पति भएका भावनाका अक्षरहरूलाई जोड्दै जानेहो भनेँ
यी स्नेही शब्दहरु अझै सयौँ जन्मसम्म अपुरा रहन्छन्।

आमा सम्बन्धि भावनाका शब्दहरु पुरा गर्नका लागि ब्राह्मण्डका कुनैपनि ठाउँमा त्यस्ता पानाहरु छैनन् जहाँ आमा शब्दलाई पुर्णविराम दिन सकियोस……!

(राज वाम्बुले राई)

(Nepalese Sing Together-NST) ले आफ्ना कलाकार हरुलाई अवसर दिदै।

(Nepalese Sing Together-NST) ले आफ्ना कलाकार हरुलाई अवसर दिदै।

(Nepalese Sing Together-NST)
Online Singing को दुनियाँमा (SMULE APP)को माध्यम बाट पहिलो कदम सुरु गरेको संस्था(NST) ले आफ्ना प्रतिभावान आवाजहरु मध्यको उत्कृष्ठ आवाजलाई नेपाली सङ्गीत जगतमा आगमन गराउन(NST)संस्था भित्रका सम्पुर्ण कलाकार हरुको लागि अवसर प्रदान गरेको छ।
यस प्रतियोगिता को नाम
(NST-OF THE MONTH) राखिएको छ।

यस आन्तरिक कार्यक्रम(प्रतियोगिता)मा(NST)संस्था भित्र आवद्ध रहनु भएका नँया तथा पुराना सबै सदस्य हरुलाई समेटीएको छ।
यस कार्यक्रममा(NST)भित्रै रहेका ईच्छुक कलाकार हरुको सांगीतिक प्रतिस्पर्धा हुनेछ।
यो प्रतिष्पर्धात्मक कार्यक्रम गत अंग्रेजी मिति:(May/15/2020)बाट सुरु भएको थियो र यो प्रतियोगिता आउँने अंग्रेजी मिति:(April/2021)सम्म निरन्तर चलिरहनेछ।

यस प्रतियोगितामा(NST)का निर्णायक मण्डल बाट उत्कृष्ठ एक कलाकार छानिने छन्। यो प्रकृया निरन्तर(१२)महिना रहनेछ यसैगरी अन्त्यमा (१२)महिनामा छानिएका उत्कृष्ठ(१२) कलाकार हरुलाई पुनः (Final Round)को लागि अन्तिम पटक गाउन लगाइनेछ,जसबाट सबै भन्दा धेरै नम्बर लिएर उत्कृष्ठ गाउनुहुने (एकजना)कलाकार लाई(NST)बाट
उहाँको आवाजमा एउटा गीत रेकर्ड साथै (Music Video) निर्माण गरिनेछ।

नोटः(NST)मा आवद्ध सम्पुर्ण कलाकार हरुलाई यसै समाचार मार्फत यस (कार्यक्रम/प्रतियोगिता)मा कृपया सबैले भाग लिन हुन(NST-OFFICIAL)विनम्र अनुरोध गर्दछ!
धन्यवाद!

(NST-OFFICIAL)

गायक/गायिकाको दसैँ : न स्टेज कार्यक्रम, न हर्षोल्लास

काठमाडौँ — गायक प्रमोद खरेलले राम्ररी दसैँ मनाउन नपाएको ६ वर्ष भयो । दसैँको समयमा अक्सर विदेशका स्टेज कार्यक्रममा व्यस्त हुन्थे उनी । कोरोना महामारीका कारण अहिले देश/विदेशका कार्यक्रम ठप्प छन् । त्यसै उनी पनि व्यस्त छैनन् । लामो समयपछि दसैँमा घर बस्न पाए पनि दसैँको उल्लास भने उनमा छैन ।

‘दसैँ त दसैँजस्तो छैन पहिलोचोटी । दसैँ आएकै छैन। दसैँ आउनलाई त रमाइलो हुनुपर्छ, भेटघाट हुनुपर्छ, उर्जाशील हुनुपर्छ, हर्षोल्लास हुनुपर्छ,’ उनले सुनाए, ‘लामो समयपछि आफन्तसँग भेट हुने चाड हो यो । तर योपटक कोरोनाले गर्दा भेट गर्न भएन । वल्लो घरदेखि पल्लो घर जानु हुँदैन । रमाइलो जमघट नभएसम्म त दसैँ नै आएको छैन नि ! बजारमा सपिङ गर्न जाउँ मिल्दैन, कोरोनाको बिगबिगी छ ।’

यो दसैँमा त आफन्त पनि घर आइदियोस् भन्ने माहोल नरहेको उनी बताउँछन् । ‘चाडपर्व त यसपालि आएन नै भनौं । दसैँ पनि अर्कोपालि आउँछ,’ उनी सुनाउँछन्, ‘मलाई दसैँ पटक्कै लाग्या छैन । दसैँ त यस्तो हुँदै हुँदैन । दसैँ आउनु १ महिना अगाडिदेखि नै रमाइलो हुन्थ्यो अरुबेला त । दसैँका धुनहरु बज्छन्, घर जाने टिकट खुल्छ । बजारभरि भीड हुन्छ । हामी कलाकारको त कार्यक्रमहरु हुन्थ्यो । यी कुनै कुराहरु छैन नि त त्यसैले दसैँजस्तो छैन । क्यालेण्डरमा मात्र दसैँ आएको छ।’

यसपालि उनको दसैँ यतै बित्दैछ । यता आमा, बुवा र प्रमोदमात्र । आफन्तकहाँ जाने सोचेका पनि छैनन् । ‘आफन्तकोमा गए न हामीलाई सुरक्षा हुन्छ न त उहाँहरुलाई नै । त्यैसैले अरुकोमा जान हुँदैन यसपालि,’ उनले भने । उनी कतिपटक विदेश कार्यक्रममा भए पनि अन्तिम दिन टिका भ्याउने गरेर घर फर्कन्थे । टिका थाप्न नपाए पनि अरुबेला फ्यानसँग दसैँ मनाउँथे । ‘पहिले त दसैँको माहोल टिभी र सामाजिक सञ्जालमा हेरेरै थाहा हुन्थ्यो । कन्सर्टमा बाहिर भए पनि आह्हा ! दसैँ आयो भन्ने अनुभव हुन्थ्यो । रमाइलो हुन्थ्यो । जे होस् देशबाहिर हुँदा त्यताकै आफन्तहरुसँग भेट हुन्थ्यो । अहिले त त्यस्तो छैन,’ उनले भने।

अवस्था सामान्य हुँदो हो त दसैँमा उनी काठमाडौंकै आफन्त कहाँ टिका थाप्न जाने थिए । झापाका आफन्तसँग भेटघाट गर्ने थिए । यो वर्ष त गाउँ/घरमै पनि कोरोनाको त्रासले दसैँको उल्लास नरहेको उनी बताउँछन् । ‘घर/गाउँतिर रोगसँग डराइरहेका छन् । दसैँभन्दा रोग ठूलो भनिरहेका छन्,’ उनले भने, ‘अहिले त मजदुरले काम गर्न पाका छैनन् । काम गर्न नपाएपछि हातमा पैसा हुँदैन । कतिलाई खानै गाह्रो छ । यस्तो अवस्थामा दसैँको उल्लास त मनमा आउँदै आउँदैन । भोलि सबै निको भएर, काममा फर्किएपछि सबै खुशी भएर आह्हा ! दसैँ भनेको दिन साँच्चै दसैँ लाग्नेछ मलाई ।’

यसपाली स्टेज कार्यक्रम नभएपछि दसैँभरिको समय परिवारसँग बिताउन पाएकी छन् गायिका मेलिना राईले । गत वर्ष त टिकाको दिनमात्र उनी घर फर्किएकी थिइन् । यसपालि परिवारसँग दसैँ मनाउन पाउँदा उत्साहित छिन् उनी । ‘पहिला हामी दसैँमा घरमा बस्न पाइँदैन थियो । यसपालि महामारीले गर्दा परिवारसँग दसैँ मनाउन पाइयो,’ उनले सुनाइन् ।

यसपाली परिवारमा जुठो परेको छ । त्यसैले आफन्तसँगको जमघटमै रमाइलो गरेर दसैँ मनाउने योजना बनाएकी छिन् उनले । ‘आफन्त आउने तयारीमा हुनुहुन्छ । घरमा रमाइलो गर्ने, खाने पिउने । वर्षमा आउने एउटा चाड हो । मनाउनु त परिहाल्यो । पहिलाको जस्तो छैन अवस्था तर पनि खुशीसँग मनाउने योजनामा छौं,’ उनले भनिन् ।

यसपालि कोरोनाले गर्दा दसैँको रौनक हराएको उनी बताउँछिन् । ‘यसपालि कोरोनाले खत्तम पारिहाल्यो । पहिलाको जस्तो दसैँको रौनक देखिन्नँ । अहिले कोरोनाको त्रास छ,’ उनले सुनाइन् । बाल्यकालमा पिङ खेल्न रुचाउँथिन् मेलिना । अहिले भने ठूलाबडाबाट आशिर्वाद लिएर दसैँ मनाउँछिन् उनी । दसैँले बाल्यकाल फर्काइदिएको अनुभव हुन्छ उनलाई ।

गायक शिव परियार यसपालिको दसैँ उल्लासमय नरहेको बताउँछन् । ‘यो वर्ष सदाको जस्तो उल्लासमय अवस्था छैन । उल्लासमय अवस्था हुनको लागि परिवारमा खुशी छाउनु पर्‍यो । छिमेकमा खुशी छाउनु पर्‍यो । छिमेक सँगसँगै टोलमा र देशमा खुशी छाउनु पर्‍यो । त्यसपछि आफ्नो मन पनि खुशी हुन्छ,’ उनले भने ।

घरका सदस्यहरुसँग नै दसैँ मनाउने योजना छ उनको । ‘कोभिडको चरम संक्रमणको कारणले गर्दाखेरी आफू पनि अरुबाट पीडित नभइयोस् अरुलाई पनि आफूले गर्दा केही नहोस् भनेर स्वास्थ्य सुरक्षाका कुरामा ध्यान दिएर आफ्नै घरभित्र बुवाआमाको हातबाटमात्र टिका जमरा थाप्ने निर्णय गरियो,’ उनले आफ्नो योजना सुनाए । परिवारमा आमाबुवा, बहिनी, श्रीमती र छोरी छन् । यसपालिको दसैँ परिवारभित्रै सिमित हुने उनी बताउँछन् । ‍’पहिला त पाहुना आउनुहुन्थ्यो । हामी पनि आफन्त कहाँ जान्थ्यौं । यसपालि त पाहुना जानलाई पनि जोखिम छ । भोलि हामी जम्मा भएको परिवारमा कोरोना संक्रमण देखियो भने हामीलाई नमज्जा हुने भयो,’ उनले भने, ‘एक हिसाबले स्वास्थ्य संकटकाल नै घोषणा गर्नुपर्ने अवस्था आइसक्दा पनि सरकारले आफ्नो उपचार आफैं गर्नुपर्छ भन्ने निर्णय गर्‍यो । गैरजिम्मेवारीपन देखायो । चाडको समयमा अलिकति ‘हामी कोसिस गर्दैछौं है’ भन्ने ढाडस दिएको भए पनि दसैँको बेलामा जनतामा खुसी छाउँथ्यो होला ।’

दसैँको बेला पनि स्टेज कार्यक्रममा व्यस्त हुने गरेका शिव यसपालि घरमै छन् । कोरोनाकै कारण उनी बजार पनि निस्किएनन् । ‘दसैँमा गर्ने सपिङको छुट्टै मज्जा छ । दसैँ भन्ने बित्तिकै टिका जमरा, दक्षिणा, नयाँ लुगा, पिङ, चंगा यो सबै जोडिएर आउँछ । अरु बेला जति नै राम्रो लुगा किने पनि दसैँको बेलामा किन्दा ‘लुगा किनियो है’ भन्ने महसुस हुन्थ्यो,’ उनले भने, ‘अहिले बजार निस्कन पनि अनुकूल वातावरण छैन । घरमा वृद्ध आमाबुवा हुनुहुन्छ । आफ्नो कारणले घरपरिवारको वृद्ध सदस्यलाई असर नपरोस् भनेर भीडभाडमा जाने काम बन्द नै छ ।’

गायिका एलिना चौहान परिवारसँग दसैँ मनाउन झापा पुगिसकिन् । दुई दिनअघि मात्रै उनी काठमाडौंबाट झापा हिँडेकी हुन् । उनलाई पनि यसपालिको दसैँ खास लागिरहेको छैन । ‘पहिलाको जस्तो दसैँ आएको अनुभव नै भएको छैन । पहिला दसैँ भन्नेबित्तिकै तयारी सुरु हुन्थ्यो । लुगा किन्न गइन्थ्यो । यसपालि वास्तै लागेको छैन,’ उनले भनिन् । उनी आमा, हजुरबुवा, भाइबहिनीसँग बसेर दसैँ मनाउने सोच्दैछिन् । आफन्त कहाँ टिका थाप्न जाने योजना भने अहिलेसम्म बनाएकी छैनन् एलिनाले । ‘आफन्तहरु टिका थाप्न आउनुहुन्छ । म जान्न कतै । कोरोनाको केस बढिरहेको काठमाडौंबाट आको भनेर डराउनुहुन्छ होला ।’

‘पारा’को संशोधित गीत र भिडियो निकाल्दै ‘भिटेन’

कार्तिक १५, २०७७ कान्तिपुर संवाददाता

काठमाडौँ — र्‍यापर समिर घिसिङ ‘भिटेन’ले आफ्नो नयाँ र्‍याप ‘पारा’मा आपत्तिजनक शब्दहरुको संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै विज्ञप्ति निकालेका छन् । आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक भएको विज्ञप्तिमा भिटेनले नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संशोधन गरिएको उल्लेख गरेका छन् । 

‘सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ,’उक्त म्युजिक भिडियोलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारिक च्यानलबाट चाँडै नै संशोधित भिडियो प्रशारण हुने जानकारी गर्दछौं ।’

केही दिनअघि मात्रै उनको गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो । प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो । विज्ञप्तिअनुसार कात्तिक १३ गते नै उक्त गीत युट्युबबाट हटाइएको छ ।