(तिम्रैलागि)

Nepalese SingTogether-NST की एक Versatile Singer समीक्षा दाहालकाे पहिलाे साङ्गीतिक कोसेली
(तिम्रो लागी) Release भएकोछ।
यस गीतमा,
सब्द:अनिल शर्मा
सङ्गीत:कल्याण सिंहको रहेकोछ भने स्वर स्वयं समिक्षा दाहालकाे रहेकोछ।
यस गीतमा गीतकारले योवन अवस्था देखि प्रकट हुने मायाँका भावहरुलाई शब्दमा उतारेका छन्। गीतकारले दिएको शब्दको भावलाई समिक्षाले आफ्नो गायकीकाे माध्यम बाट सतप्रतिश न्याय दिएकी छिन्।

विगत लामो समय देखि नेपाली सङ्गीत क्षेत्रमा आफ्नो योगदान दिँदै आएकी समीक्षा दाहालले नेपाली Reality Show हरुमा भाग लिँदै आएकी छन्।
Nepal Television द्वारा केही महिना अगाडि समापन भएको Nepal Star कार्यक्रमको TOP 6 सम्म आफ्नो प्रस्तुति दिएकी थिईन्।


(Nepalese SingTogether-NST)

गीतकाे पुरा भाग हेर्नलाई तलकाे लिङ्कमा click गर्नुस्!
Song:
https://youtu.be/NkSgB8Z3MDs

रबि लामिछानेकाे टिमले नेपालमा सुरुवात गरेको नेपालकै पहिलाे 4K Television
(GALAXY 4K TV) बाट नेपालमै पहिलाे पटक (Sa Re Ga Ma Pa Lil Champs) Singing Reality Show प्रसारणमा अाउने भएकोछ।
जस्का लागि अडिसनकाे Officiall Promo सार्वजनिक गरिएको छ। यस कार्यक्रमका (निर्णायक/Judge) भुमिकामा क्रमशः
(१)नह्यू बज्राचार्य
(२)काली प्रसाद बास्कोट
(३)ईन्दिरा जोशी गरि जम्मा ३ जना निर्णायकहरु रहनेछन्।

अडिसन Promo मा उल्लेख भए अनुसार यस Competition मा १६ वर्ष भन्दा मुनि उमेर समुहका बालबालिका हरुले भाग लिन पाउनेछन्। अडिसन दिनका लागि प्रत्येक प्रतियोगी हरुले दुई फरक विधाका गीतहरु छुट्टा-छुट्टै गाएर Video पठाउनु पर्नेछ। Video बनाउँदा एउटा Video काे अवधि (९० सेकेन्ड) अथवा (500MB) भन्दा कम हुनुपर्नेछ।

Video पठाउनका लागि Android Users हरुले Play Store मा गएर (DOKO) APP Download गरेर सोही App मार्फत पठाउनु पर्नेछ IOS User’s हरुले APP STORE मा गएर (DOKO APP) Install गरी सोही अनुरूप Video पठाउनु पर्नेछ। कुनै जानकारी अथवा कुनैपनि जिज्ञासाहरु भएमा WhatsApp/Viber Number
(९८०१०९२७७१) मा सम्पर्क गर्न सकिने छ।

(Nepalese SingTogether-NST)

Sa Re Ga Ma Pa Lil Champs Official Promo Link:
https://youtu.be/pb50vUwM9Lk

Android Users हरुले यहाँबाट App Download गर्नुस्!
DOKO APP link:
https://play.google.com/store/apps/details?id=com.nobodyproduction.doko

Hall Of Fame Season 2 Winner (टिका मगरको) पहिलाे गीत:
(साथ देऊ मलाई) सार्वजनिक भएको छ।

टीका मागर विगत चार वर्षदेखि Nepalese Sing Together-NST संस्थामा आबद्ध भई हरेक Smule On-line Singing Competitions हरुमा भाग लिइरहेका थिए। यसै क्रममा Hall Of Fame Season 2 काे अडिसन खुल्ला रहेको जानकारी पाएका टिकाले यस Competition काे लागि NST काे प्रतिनिधित्व गर्दै भाग लिएका हुन्।

मीठो आवाज,ईमान्दारि स्वभाव साथै गायनमा आफुलाई मेहनती र अब्बल रुपमा प्रस्तुती गराउँने टीका सानै उमेरदेखि आफुलाई गायक बन्न अभिरुचि रहेको बताउँछन्। उनका अनुसार निम्नमाध्मिक स्तरको शैक्षिक यात्रामै उनले आफ्नो स्कुलमा पहिलाे पटक आफ्ना स्कुलका शिक्षक र साथीहरुको बीचमा गीत गाएर शिक्षक साथै साथीहरु बाट थप हौसला पाएका थिए।

Hall Of Fame Season 2 का प्रमुख निर्णायक (दीप श्रेष्ठ)बाट Winning Award लिदै टीका मगर।

साथ देऊ मलाई गीतमा शब्द शुक्र खिम्बुले संगित चन्द्र लामा एरेन्ज देबेश राईको रहेकोछ भने स्वर:टिका मगरको रहेकोछ।

Video link:

Japan Tokyo 30/March/2021

सामाजिक सञ्जालमा समयसान्धर्विक गीतहरू गाएर दर्शक-श्रोताहरुको माझ लोकप्रियता बन्न सफल NST मा आबद्ध (एडिसन दर्लामी मगरले)जापानबाट क्रमशः दुईओटा गीतहरु रेकर्ड गर्नुभएको छ। (१)खबरदार: शब्द/संगीत/स्वर:एडिसन दर्लामी मगर। *****************************

(२)ओए मोया पिरिम: शब्द:तेजेन्द्र भण्डारी संगीत:रामजी खाँड स्वर:एडिसन दर्लामी मगर/रचना रिमाल एरेन्जर:अर्जुन थापा मगर *****************************

सानै उमेर देखि पढाईमा अब्बल क्षमता साथै Creative क्षमता भएका एडिसन मगर विगत ६ वर्ष देखि सामाजिक सञ्जाल हरुमा समयसान्धर्विक गीतहरू गाएर दर्शक-श्रोताहरु माझ लोकप्रिय हुनुहुन्छ। विशेष गरि देशको राजनैतिक अवस्था र समाजमा भएको विकृति हरूलाई गीतको माध्यम बाट दबाव दिदै सर्वसाधाण समक्ष चेतना मुलक सन्देश प्रदान गर्ने उहाँको कलाबाट उहाँ परिचित हुनुहुन्छ। यसअघि उहाँ द्वारा SMULE मा गाइएका समग्रह सन्देश मुलक गीतहरूमा स्वयम उहाँको शब्दहरू रहेको थियो तर Officially Recorded भने थिएन।

जापानमा आफ्नो कर्मथलो बनाउँनु भएका एडिसन मगर गत ४ साल देखि Nepalese Sing Together-NST मा आबद्ध हुनुहन्छ। सम्भवतःउहाँको गायन क्षमतालाई दर्शक-श्रोताहरु समक्ष पुर्याउने एउटा माध्यम (NST/SMULE APP) बन्यो SMULE APP द्वारा सन्देशमुलक गीतहरु बाट मनोरञ्जनका साथै विभिन्न जानकारीहरु दिँदै आई रहेका एडिसनकाे अब मायाँ प्रेमलाई समेटिएर अहिलेकी चर्चित गायीका रचना रिमालसंग गाईएको एउटा रोमान्टिक लोक गीत (ओए मोयाँ पिरिम) साथै एडिसन मगरको एकल शब्द/सङ्गीत र स्वरमा सजिएको (खबरदार) गीतको रेकर्ड समापन भएको छ। श्रोतका अनुसार (ओए मोयाँ पीरीम) काे Mixing साथै Video Making कार्य अगी बढाइएको जानकारीमा आएकोछ। सम्भवतः(ओए मोयाँ पीरीम) काे सम्पूर्ण कामहरु समापन भए लगतै (खबरदार) लाई पनि सोही अनुरुप काम अगी बढाउने जानकारीमा आएकोछ। ————————————————–

(राज वाम्बुले)

Nepalese Sing Together(NST) ले निरन्तर रुपमा गर्दै आईरहेको आफ्नो अडिसनको एघारौँ संस्करण सम्पन्न गर्दै (NST_Audition 11th) को (परिणाम/Result) सार्वजनिक गरेकोछ।
यस अडिसनमा जम्मा (१९८ जना) कलाकार हरुले Smule App मार्फत भाग लिएका थिए। जसमध्य जम्मा (१०८ जना) कलाकारहरु लाई
Final Judgement को लागि छनौट गरिएको थियो जम्मा (१०८ जना) कलाकारहरु बाट Final Judgement मा (NST_OFFICIAL) का आधिकारिक निर्णायक ज्यु हरुबाट जम्मा(६४जना) कलाकारहरु आधिकारिक रुपमा (छनौट/Pass) भएका छन्।

(COVID19) CORONA को प्रभावका कारण निरन्तर रुपमा चलिरहेको अडिसन भन्दा यो पटकको अडिसन केहि समय ढिलो भएको हो।
नेपाल सरकारको अनुमति लिएर आधिकारिक रुपमा
(Nov/01/2015) बाट सुचारु भएको यो संस्थाले सुरूवात चरणका बिभिन्न समयबाट उत्कृष्ठ गायन क्षमता भएका कलाकार हरुलाई NST मा आवद्ध रहेर साङ्गीतिक यात्रामा साथ दिनका लागि अडिसनको आव्वाहन गर्दै आई रहेकोछ।

संस्थाको विधान अनुसार:
अडिसन बाट उतिर्ण भएका सबै कलाकारहरु (NST) का आधिकारिक कलाकार हुनेछन। साथै यी कलाकार हरुले संस्थाको विधान अनुरुप (NST) मा हुने सबै कार्यक्रम तथा संस्थामा हुने सम्पुर्ण कृयाकलाप हरुमा आफ्नो भुमिका निभाउन सक्नेछन्।

नोटःNST (अडिसन ११) मा Pass हुनु भएका सम्पुर्ण कलाकार हरुले यही समाचारलाई आधार मानि
NST OFFICIAL FACEBOOK PAGE तथा NST सञ्चालक समितिमा
यथाशीघ्र सम्पर्क राख्नु हुन
(NST OFFICIAL) हार्दिक अनुरोध गर्दछौँ! साथै यस अडिसनमा उतिर्ण हुनु भएका सम्पुर्ण कलाकार हरुलाई स्वागत गर्दै यहाँहरुको सफल सांगीतिक यात्राका लागि विशेष शुभकामना दिन चाहान्छौँ!
Nepalese Sing Together(NST)

(NST अडिसन एघार)को (परिणाम/Result) हेर्नका लागि NEPALESEST.COM अथवा तल दिईएको link मा click गर्नुस!
Result Details:
https://1drv.ms/x/s!AoeO0RAS73R3gRAQzodCbgp_h48D

नेपाल मगर संघ शाखा कुर्दिस्तान इराकको पहिलो बार्षिक तथा दोस्रो प्रस्तुत एवम माघे सक्रान्तिको शुभकामना आदानप्रदान विविध साँस्कृतिक कार्यक्रममा हामिलाई विभिन्न स्थान देखि आर्थिक तथा भौतिक एवम् प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ सहयोग र हौसला दिदै उक्त कार्यक्रम लाई सव्य र भव्य रुपमा सफल पारी दिनु हुने तपाईं सम्पुर्ण लाई उच्च सम्मान साथै यही कुर्दिस्तानमै हामी विभिन्न संघ सस्था संग सहकार्य एवम् हातेमालो गर्दै अगाडि बड्नको निम्ति नयाँ सस्था तमु (गुरुङ ) समाज कुर्दिस्तान,इराक स्थापना भएको सम्पूर्णमा सहर्ष जानकारी गराउदै,

यही हाम्रो कार्यक्रमको अवसरमा उहाँहरूको सस्थाले यति ठूलो आर्थिक सहयोग,साथ दिनुभएकोले ।आसा छ आउने दिनहरुमा हामीलाइ पनि साथ सहयोग गर्ने मौका अवस्य दिनुहुनेछ,साथै आउदा दिनहरुमा हामीहरु मिलेर हातेमालो गर्दै जानेछौ,भोलिको दिनमा ब्याक्तिगत एवम् संस्थागत हिसाबले साथ सहयोग गर्ने प्रतिबद्धता गर्दै हार्दिक हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछौ आयजोक:- – नेपाल मगर संघ शाखा कुर्दिस्तान इराक परीवार

भेषभुषा,भाषा,धर्म संस्कृतीको संरक्षण एवम बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता!
भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल मगर संघ शाखा ईराक (कुर्दिस्तान) को आयोजनामा माघे सक्रान्ति (माघ्या सकराटी) ५०१४ ( २०७७ )को अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरिएको छ।

पहिलो बर्ष नेपाल देखी राष्ट्रिय कलाकार हरुलाइ निमन्त्रणा गरि विभिन्न कार्यक्रमका साथ हल तथा पार्टी प्यालेसमा उपस्थित भई भब्य रुपमा मनाएको थियो! तर यो बर्ष भने कोरोना भाइरस (covid 19) को प्रभावको कारण स्थानिय कलाकार हरुको शाथमा सामान्य रुपमा मनाईने बारे नेपाल मगर संघ शाखाका महासचिव (धुर्ब आले मगर) ले जानकारी दिनु भयो।

आउँदो जनवरि (१५ शुक्रबार) देखि सुरु हुने उक्त कार्यक्रममा कुर्दिस्तान का स्थापित सम्पुर्ण संघ,संस्थाहरु,मिडियाकर्मी नेपाल मगर संघ केन्द्र र केन्द्रको मातहतमा रहेका सम्पुर्ण भातृसंस्थाहरु,बैदेशिक संगठनहरु,बुद्धिजीवी,अग्रजहरु,लगायत देश-विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीभाषी दिदीबहिनी,दाजुभाई हरुलाई (माघ्या सकराटि) को शुभकामना दिदै इराकमा रहनु भएका सम्पुर्ण संघ संस्था तथा मिडियाकर्मि हरुलाई नेपाल मगर संघ सखा(कुर्दीस्तान) ईराक उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछ!

Nepalese Sing Together-NST

मिति:(2021/Jan/01तारीख)
अर्थात पौष महिनाको (१७ गते)को दिन भएको पहिलो गुरुङ समाज कुर्दिस्तन सुलेमानी ले पहिलो पटक गरिएको तमु ल्होसार सानो भए पनि भब्य तथा सब्य रूपमा मनाउन सफल भएका छौ।

यसरी सबै तमु ल्होसारको लागी शुभकामना आदान-प्रदान तथा छलफल अनुसार हामीले निम्न व्यक्तीहरु निम्न पदहरुमा सर्बसहमत रुपमा चयन गरियो।

(१)अध्यक्ष:लालकाजी गुरुङ
(२)उपाध्यक्ष:कल्पना गुरुङ
(३)कोषअध्यक्ष:सुरेस गुरुङ/सर्मिला गुरुङ
(४)सचिब:भेषबहादुर गुरुङ
(५)सहसचिव:बिध्या गुरुङ
(६)सल्लाहकार:यलेक्स गुरुङ, राजन गुरुङ, खिमु गुरुङ

सदस्यहरु

(१)निर्मला गुरुङ

(2)बिना गुरुङ
(३)बिनोद गुरुङ
(४)अमन गुरुङ
(५)सन्जु गुरुङ
(६)अनुस्का गुरुङ
(७)मीना तमु
(८)डम्बर गुरुङ
(९)दिप गुरुङ
(१०)सिसम क्रोमजे गुरुङ
(११)जुन गुरुङ
(१२) पासाङ गुरुङ
(१३)सगुन गुरुङ
(१४)सोम गुरुङ
(१५)होम बहादुर गुरुङ

परदेशमा रहनु भएका सम्पुर्ण गुरुङ समाज साथै संसारभर रहनु भएका गुरुङ समाजहरुको प्रतिनिधित्व गर्दै यस गुरुङ समाजमा सञ्चालक भुमिकामा
अध्यक्ष:लालकाजी गुरुङ को प्रमुख भुमिका रहनेछ भने
Nepalese Sing Together-NST का पुर्व संस्थापक सम्म रहनु भएका श्री,भेष बहादुर गुरुङले यस यस गुरुङ समाजको सचिव भुमिका निर्वाह गर्नु भएकोछ।

अन्त्यमा,
(NST)को प्रतिनिधित्व गर्दै यस गरिमामय(सचिव) पदमा आफ्नो जिम्मेवारी लिनु भएकोमा
(श्री,भेष बहादुर गुरुङ) ज्यु लगायत सम्पुर्ण पदाधिकारी ज्यु हरुलाई सफल कार्यकालको लागि हार्दिक शुभकामना दिन चाहान्छौँ!

शाभार:
Nepalese Sing Together-NST

इराक कुर्दिस्तान मा छायांकन गरिएको NST Present-प्रताप दास र शिला राई को ”चन्चले-चन्चल” सार्बजानिक । Nepalese Sing Together-(NST) द्वारा प्रस्तुत: ”चन्चले-चन्चल” Romantic Music Video (23th/Dec/2020) मा सार्वजनिक गरिएको छ यस गीतमा, स्वर:प्रताप दास/शिला राई संगीत:अनिल शाहि शब्द:बिनिता क्षेत्रिको रहेको छ। यस गीतमा: निर्देशक(भेष गुरुङ) को निर्देशनमा (आर्यन मोक र सिम्रन तामाङको) अभिनय रहेको छ । ”चन्चले-चन्चल” को सम्पुर्ण दृश्य छायांकन (इराक) कुर्दिस्तानको सुलेमानीमा रहेको मनोरम स्थलमा गरिएको हो। भिडियो मा कुर्दिस स्थानिय पोशाक लाई पनि समावेश गरिएको छ। भेष गुरुङले कुर्दिस्तानमा दोस्रो पटक ”चन्चले-चन्चल” म्युजिक भिडियोको छायांकन तथा निर्देशन गरेका हुन। म्युजिक भिडियोमा: आर्यन मोक र सिम्रन तामाङ रोमान्टिक अभिनय साथै सुलेमानीको मनोरम दृश्यहरु लाई देख्न पाइनेछ। ”चन्चले-चन्चल” को भिडियो क्लिप सार्बजानिक हुदा नै धेरै टिक ट्क बनी सकेको हुँदा राम्रो सफलता पाउने मा टिम ढुक्क हुदै दर्शक हरुलाई एक पटक भिडियो हेरेर प्रतिक्रिया दिनु हुन अनुरोध गर्नु भएको छ।