नक्कली कपाल लगाएर महानायक बन्दै भुवन केसी

लामो नक्कली कपाल लगाएर महानायक बन्दै भुवन केसी Covid19 ले थाङथिलो बनाएर खुल्ला चौरमा पच्छारेको नेपाली चलचित्र क्षेत्रका केही निर्माता तथा कलाकारहरु आफ्नो फ्रस्टेसनलाई सितलता दिलाउँन फेरी महानायक बिवादमा

भुवन केसी नभएको भए फिल्म क्षेत्र जमानामा बन्द भैसक्थ्योः शिव श्रेष्ठ –  Online Khabar

फसेका छन्। नव निर्मित चलचित्र डाँडाको बर-पीपल काे Promotion कार्यक्रमकाे मौका छोपेर एक निर्माता तथा कलाकार सोभित बस्नेतले पुनः महानायक बिवादलाई निरन्तरता दिए। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने नेपाली उखान टुक्कालाई पच्छ्याउँदै ति निर्माताले जति सक्दो आफ्नो बल लगाएर कार्यक्रमभरी माहोलनै महानायकमय बनाउँन खोजे। उनि यतिमा मात्र अल्मालिएनन् उनले महानायक राजेश हमालको कटाक्ष गर्दै राजेश हामालले नेपाली चलचित्र क्षेत्रमा कुनै पनि योगदान नदिएको भन्न सम्म भ्याए। श्रोतका अनुसार सिभित बस्नेत बचपन देखिनै पारिवारिक रुपमै भुवन केसीको नजिक छन् उनले त्यस कार्यक्रममा भुवन केसिको आगमन हुने बित्तिकै भावनामा बग्दै भने:भूवन केसी नेपाली चलचित्र क्षेत्रको एकमात्र महानायक हुन्। उनको यो लजास्पद भनाईले त्यहाँकाे माहोलनै आश्चार्यजनक र हास्यास्पद बनेको थियो। सार्वजनिक रुपमा सर्वसाधाण युवा पुस्ता देखि बुढापाकाहरू सम्मले राजेश हमाललाई महानायक भनेर चिन्छन्। विगतमा पनि यो बिवाद ननिस्किएको भने हैन। विगतमा दीपाश्री निरौला बाट महानायक बिवाद निस्किँदा नेपाली उनिले नेपाली चलचित्र हेर्ने दर्सक हरुकाे भरपूर गाली खाएका थिए। सामाजीक सञ्जालमा देखिएको नेपाली चलचित्र हेर्ने दर्शकहरुको प्रतिक्रिया अनुशार यो सताब्दीका लागि नेपाली चलचित्रका महानायक राजेश हमाल हुन्। दर्शकहरु भन्छन्:भुवन केसीलाई महानायक मान्नु लजास्पद विषय हो, महानायक राजेश हमालको अगाडी भुवन केसीमा महानायक बन्ने कुनै गुण नभएको र उहाको व्यक्तित्वले पनि नसुहाउने बताउँछन्। कतिपय दर्शकहरुले मजाक गर्दै भन्छन् भुवन केसी नेपाली चलचित्रका कृष्ण हुन् उनलाई केटीहरुको महानायक बनाउँदा सुहाउँछ। लामो नक्कलि कपाल लगाउँदैमा महानायक भइँदैन।

लेखक:राज वाम्बुले राई Nepalese Sing Together-NST

0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *