Hall Of Fame Season 2 Winner (टिका मगरको) पहिलाे गीत:
(साथ देऊ मलाई) सार्वजनिक भएको छ।

टीका मागर विगत चार वर्षदेखि Nepalese Sing Together-NST संस्थामा आबद्ध भई हरेक Smule On-line Singing Competitions हरुमा भाग लिइरहेका थिए। यसै क्रममा Hall Of Fame Season 2 काे अडिसन खुल्ला रहेको जानकारी पाएका टिकाले यस Competition काे लागि NST काे प्रतिनिधित्व गर्दै भाग लिएका हुन्।

मीठो आवाज,ईमान्दारि स्वभाव साथै गायनमा आफुलाई मेहनती र अब्बल रुपमा प्रस्तुती गराउँने टीका सानै उमेरदेखि आफुलाई गायक बन्न अभिरुचि रहेको बताउँछन्। उनका अनुसार निम्नमाध्मिक स्तरको शैक्षिक यात्रामै उनले आफ्नो स्कुलमा पहिलाे पटक आफ्ना स्कुलका शिक्षक र साथीहरुको बीचमा गीत गाएर शिक्षक साथै साथीहरु बाट थप हौसला पाएका थिए।

Hall Of Fame Season 2 का प्रमुख निर्णायक (दीप श्रेष्ठ)बाट Winning Award लिदै टीका मगर।

साथ देऊ मलाई गीतमा शब्द शुक्र खिम्बुले संगित चन्द्र लामा एरेन्ज देबेश राईको रहेकोछ भने स्वर:टिका मगरको रहेकोछ।

Video link: