रचना रिमाल र एडिसन दर्लामि मगरको मोया-पिरीम र खबरदार रेकर्डिङ रिपोर्ट

Japan Tokyo 30/March/2021

सामाजिक सञ्जालमा समयसान्धर्विक गीतहरू गाएर दर्शक-श्रोताहरुको माझ लोकप्रियता बन्न सफल NST मा आबद्ध (एडिसन दर्लामी मगरले)जापानबाट क्रमशः दुईओटा गीतहरु रेकर्ड गर्नुभएको छ। (१)खबरदार: शब्द/संगीत/स्वर:एडिसन दर्लामी मगर। *****************************

(२)ओए मोया पिरिम: शब्द:तेजेन्द्र भण्डारी संगीत:रामजी खाँड स्वर:एडिसन दर्लामी मगर/रचना रिमाल एरेन्जर:अर्जुन थापा मगर *****************************

सानै उमेर देखि पढाईमा अब्बल क्षमता साथै Creative क्षमता भएका एडिसन मगर विगत ६ वर्ष देखि सामाजिक सञ्जाल हरुमा समयसान्धर्विक गीतहरू गाएर दर्शक-श्रोताहरु माझ लोकप्रिय हुनुहुन्छ। विशेष गरि देशको राजनैतिक अवस्था र समाजमा भएको विकृति हरूलाई गीतको माध्यम बाट दबाव दिदै सर्वसाधाण समक्ष चेतना मुलक सन्देश प्रदान गर्ने उहाँको कलाबाट उहाँ परिचित हुनुहुन्छ। यसअघि उहाँ द्वारा SMULE मा गाइएका समग्रह सन्देश मुलक गीतहरूमा स्वयम उहाँको शब्दहरू रहेको थियो तर Officially Recorded भने थिएन।

जापानमा आफ्नो कर्मथलो बनाउँनु भएका एडिसन मगर गत ४ साल देखि Nepalese Sing Together-NST मा आबद्ध हुनुहन्छ। सम्भवतःउहाँको गायन क्षमतालाई दर्शक-श्रोताहरु समक्ष पुर्याउने एउटा माध्यम (NST/SMULE APP) बन्यो SMULE APP द्वारा सन्देशमुलक गीतहरु बाट मनोरञ्जनका साथै विभिन्न जानकारीहरु दिँदै आई रहेका एडिसनकाे अब मायाँ प्रेमलाई समेटिएर अहिलेकी चर्चित गायीका रचना रिमालसंग गाईएको एउटा रोमान्टिक लोक गीत (ओए मोयाँ पिरिम) साथै एडिसन मगरको एकल शब्द/सङ्गीत र स्वरमा सजिएको (खबरदार) गीतको रेकर्ड समापन भएको छ। श्रोतका अनुसार (ओए मोयाँ पीरीम) काे Mixing साथै Video Making कार्य अगी बढाइएको जानकारीमा आएकोछ। सम्भवतः(ओए मोयाँ पीरीम) काे सम्पूर्ण कामहरु समापन भए लगतै (खबरदार) लाई पनि सोही अनुरुप काम अगी बढाउने जानकारीमा आएकोछ। ————————————————–

(राज वाम्बुले)
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *