भेषभुषा,भाषा,धर्म संस्कृतीको संरक्षण एवम बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता!
भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल मगर संघ शाखा ईराक (कुर्दिस्तान) को आयोजनामा माघे सक्रान्ति (माघ्या सकराटी) ५०१४ ( २०७७ )को अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरिएको छ।

पहिलो बर्ष नेपाल देखी राष्ट्रिय कलाकार हरुलाइ निमन्त्रणा गरि विभिन्न कार्यक्रमका साथ हल तथा पार्टी प्यालेसमा उपस्थित भई भब्य रुपमा मनाएको थियो! तर यो बर्ष भने कोरोना भाइरस (covid 19) को प्रभावको कारण स्थानिय कलाकार हरुको शाथमा सामान्य रुपमा मनाईने बारे नेपाल मगर संघ शाखाका महासचिव (धुर्ब आले मगर) ले जानकारी दिनु भयो।

आउँदो जनवरि (१५ शुक्रबार) देखि सुरु हुने उक्त कार्यक्रममा कुर्दिस्तान का स्थापित सम्पुर्ण संघ,संस्थाहरु,मिडियाकर्मी नेपाल मगर संघ केन्द्र र केन्द्रको मातहतमा रहेका सम्पुर्ण भातृसंस्थाहरु,बैदेशिक संगठनहरु,बुद्धिजीवी,अग्रजहरु,लगायत देश-विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीभाषी दिदीबहिनी,दाजुभाई हरुलाई (माघ्या सकराटि) को शुभकामना दिदै इराकमा रहनु भएका सम्पुर्ण संघ संस्था तथा मिडियाकर्मि हरुलाई नेपाल मगर संघ सखा(कुर्दीस्तान) ईराक उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछ!

Nepalese Sing Together-NST