person holding black samsung android smartphone

दुवै नेपाली पब्जी टिम डीआरएस गेमिङ र एएसएल थर्ड सुपर विकेन्डका लागि छनौट

दुवै नेपाली पब्जी टिम डीआरएस गेमिङ र एएसएल थर्ड सुपर विकेन्डका लागि छनौट भएका छन् । जारी विश्वकै ठूलो पब्जी मोबाइल टुर्नामेन्टको ग्लोबल च्याम्पियनशिपको तेस्रो हप्ताको दोस्रो दिनको खेलबाट दुवै नेपाली टिम उत्कृष्ट १६ भित्र पर्न सफल भएका हुन् । 

च्याम्पियनशिपको लिडरबोर्डमा डीआरएस गेमिङले ८ खेलबाट ३३ किल प्वाइन्ट र ५४ प्लेस प्वाइन्ट गरी कुल ८७ अ‌क हात पारेको छ । समान खेलपश्चात पहिलो र दोस्रो स्थानमा रहेका फुटबोलिस्ट र क्लास डजिटल एथ्लेटिक्सको कूल अंक क्रमशः ९५ र ८८ रहेको छ । 

person holding black samsung android smartphone
Photo by SCREEN POST on Pexels.com

नेपाली टिम डीआरएस किल प्वाइन्टमा पछाडि परेपनि प्लेस प्वाइन्टमा भने अग्र स्थानमा रहेका दुवै टिमभन्दा बढी अंक बटुल्न सफल भएको छ । यसैगरी १६ औं स्थानमा रहेको अर्को नेपाली टिम एब्रप्ट स्लेयर्सले आठ खेलपश्चात २३ किल प्वाइन्ट तथा २९ प्लेस प्वाइन्ट गरी कूल ५२ अंक हात पारेको छ । 

यस अघि तेस्रो साताको पहिलो दिनसम्मका चार खेलबाट एब्रप्ट स्लेयर चौथो स्थानमा रहेको थियो भने डीआरएस गेमिङ १२ औं नम्बरमा रहेको थियो । २४ वटा टिम सहभागी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपमा चार वटा सुपर विकेन्डका टप १६ टिमले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । 

लिगको फाइनल खेल आउँदो जनवरीमा आयोजना हुनेछ । च्याम्पियनशिपका लागि पुल प्राइज (पुरस्कार) को राशी दुई मिलियन डलर अर्थात करिब २४ करोड रुपैयाँ रहेको छ ।

साभार : टेकपाना

0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *