Youtube ले नराम्रा कमेन्टहरु लेख्न नमिल्ने फिचर ल्याउने तयारी गरिरहेको छ
Youtube ले आफ्नो Channel मा Upload भएका Videos हरुमा नराम्रा कमेन्टहरु लेख्न नमिल्ने फिचर ल्याउने तयारी गरिरहेको छ। टेक क्रन्चका अनुसार बिहीबार युट्युबले समाजिक सञ्जालमा बढ्दै गएको विकृति तथा मानहानी जस्ता कृयाकलाप हरुलाई कम गर्न नयाँ फिचर ल्याउने तयारी गरेको हो। सो फिचरले नराम्रा र घृणास्पद कमेन्ट लेख्नखोज्ने हरेक व्यक्तिलाई त्यस्ता कमेन्ट पोष्ट गर्नुअघि एक पटक पुनर्विचार गर्न अनुरोध गर्नेछ। युट्युबका अनुसार यदि कोही
व्यक्तिले भिडिओमा नराम्रो कमेन्ट लेखिरहेको छ भने त्यहाँ(Keep Comment Respectful) भन्ने चेतावनी/जानकारी दिनेछ। यसैको तलपट्टि(Edit Button Option) दिइएको छ, जहाँ आफ्ना नराम्रा कमेन्ट फेरि एकपटक हेरेर त्यसलाई मिलाएर सही ढंगले लेख्न सकिनेछ यससँगै आफूले लेखेको कमेन्ट राम्रो हो वा होइन भन्ने बुझ्न त्यहाँ ‘कम्युनिटी गाइडलाइन’ नामक अर्को विकल्प पनि देखाइएको हुन्छ। यी फिचरले कसैलाई नराम्रो कमेन्ट पोष्ट गर्नबाट रोक्दैन,यदि कमेन्ट पोष्ट गर्नु नै छ भने(Post Anyway)बटनमा क्लिक गर्न सकिनेछ।

Nepalese Sing Together-NST
Leave a Reply
Want to join the discussion?Feel free to contribute!