‘पारा’को संशोधित गीत र भिडियो निकाल्दै ‘भिटेन’
कार्तिक १५, २०७७ कान्तिपुर संवाददाता
काठमाडौँ — र्यापर समिर घिसिङ ‘भिटेन’ले आफ्नो नयाँ र्याप ‘पारा’मा आपत्तिजनक शब्दहरुको संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै विज्ञप्ति निकालेका छन् । आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक भएको विज्ञप्तिमा भिटेनले नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संशोधन गरिएको उल्लेख गरेका छन् ।

‘सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ,’उक्त म्युजिक भिडियोलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारिक च्यानलबाट चाँडै नै संशोधित भिडियो प्रशारण हुने जानकारी गर्दछौं ।’
केही दिनअघि मात्रै उनको गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो । प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो । विज्ञप्तिअनुसार कात्तिक १३ गते नै उक्त गीत युट्युबबाट हटाइएको छ ।
Leave a Reply
Want to join the discussion?Feel free to contribute!