एडिसन दर्लामी मगर परदेशमा नाँच्दै
नेपाली हिन्दु नारी हरुकाे विशेष चाड तीजको लहर चलिरहेको बेला NST एडिसन दर्लामी मगर भने यतिबेला परदेशमै नेपाली चेलीहरु संग छम्छमी नाँच्ने तयारीमा छन्।
Nepalese Sing Together-NST Smule संस्था मार्फत समसामयिक विषयमा विशेष गरी नेताहारुलाई खबरदारी गराउँदै आफ्नै शब्दमा Cover गीतहरू गाएर आफुलाई चिर परिचित गराउन सफल नाम हो एडिसन दर्लामी मगर। श्रोतका अनुसार एडिसन दर्लामीले यो पटकको तीजमा आफुलाई समय सान्दर्भिक रुपमै आफ्नै शब्द/सङ्गीत र स्वरमा तीज गीत मार्फत आफुलाई नेपाली सङ्गीत क्षेत्रमा डेब्यु गराएका छन्।
याे गीतलाई एडिसनले आफ्नै YouTube Channel Adisan Darlami Magar मार्फत सार्बजनिक गरेका छन्।