काठमाडौं, २९ मंसिर । गूगलमा समस्या देखिएको छ । सोमबार बेलुका पौने ६ बजेबाट गूगलमा समस्या देखिएको हो । गूगलका कुनै पनि फिचर्सहरु चलिरहेकाछैनन् । त्यस्तै गूगल अन्तर्गतकै यूट्युव पनि चलिरहेको छैन । बिगत केहि दिनबाटै बेला बेला गूगलमा समस्या आइरहेको छ ।
जीमेल एकाउन्टामा ‘टेम्पररी इरोर’ देखाएको छ भने ‘यूट्युवमा समथिङ विन्ट रङ’ भन्ने गरेकाे छ ।
https://nepalesest.com/wp-content/uploads/2020/12/pexels-photo-267350-1.jpeg13001792vgurunghttp://nepalesest.com/wp-content/uploads/2020/11/Website-300x83.pngvgurung2020-12-14 12:48:552020-12-14 12:48:55Google is down!
दुवै नेपाली पब्जी टिम डीआरएस गेमिङ र एएसएल थर्ड सुपर विकेन्डका लागि छनौट भएका छन् । जारी विश्वकै ठूलो पब्जी मोबाइल टुर्नामेन्टको ग्लोबल च्याम्पियनशिपको तेस्रो हप्ताको दोस्रो दिनको खेलबाट दुवै नेपाली टिम उत्कृष्ट १६ भित्र पर्न सफल भएका हुन् ।
च्याम्पियनशिपको लिडरबोर्डमा डीआरएस गेमिङले ८ खेलबाट ३३ किल प्वाइन्ट र ५४ प्लेस प्वाइन्ट गरी कुल ८७ अक हात पारेको छ । समान खेलपश्चात पहिलो र दोस्रो स्थानमा रहेका फुटबोलिस्ट र क्लास डजिटल एथ्लेटिक्सको कूल अंक क्रमशः ९५ र ८८ रहेको छ ।
नेपाली टिम डीआरएस किल प्वाइन्टमा पछाडि परेपनि प्लेस प्वाइन्टमा भने अग्र स्थानमा रहेका दुवै टिमभन्दा बढी अंक बटुल्न सफल भएको छ । यसैगरी १६ औं स्थानमा रहेको अर्को नेपाली टिम एब्रप्ट स्लेयर्सले आठ खेलपश्चात २३ किल प्वाइन्ट तथा २९ प्लेस प्वाइन्ट गरी कूल ५२ अंक हात पारेको छ ।
यस अघि तेस्रो साताको पहिलो दिनसम्मका चार खेलबाट एब्रप्ट स्लेयर चौथो स्थानमा रहेको थियो भने डीआरएस गेमिङ १२ औं नम्बरमा रहेको थियो । २४ वटा टिम सहभागी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपमा चार वटा सुपर विकेन्डका टप १६ टिमले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।
लिगको फाइनल खेल आउँदो जनवरीमा आयोजना हुनेछ । च्याम्पियनशिपका लागि पुल प्राइज (पुरस्कार) को राशी दुई मिलियन डलर अर्थात करिब २४ करोड रुपैयाँ रहेको छ ।
साभार : टेकपाना
https://nepalesest.com/wp-content/uploads/2020/12/pexels-photo-4526481.jpeg12361880vgurunghttp://nepalesest.com/wp-content/uploads/2020/11/Website-300x83.pngvgurung2020-12-11 08:55:022020-12-11 08:55:05दुवै नेपाली पब्जी टिम डीआरएस गेमिङ र एएसएल थर्ड सुपर विकेन्डका लागि छनौट
https://nepalesest.com/wp-content/uploads/2020/12/news.png7201280vgurunghttp://nepalesest.com/wp-content/uploads/2020/11/Website-300x83.pngvgurung2020-12-10 23:22:392020-12-11 07:25:35इन्डोनेसियन चेली स्यानिया को कोमल त्यो तिम्रो आज बेलुका ठीक ६:००बजे सार्वजनिक हुँदै
सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ । यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन ।
डाउनडिटेक्टरका अनुसार अहिले विश्वभरका मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आइरहेको भन्दै गुनासो गरिरहेका छन् । नेपाली समयअनुसार करिब सवा तीनदेखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या देखिन थालेको हो ।
मानिसहरुले गरेको गुनासोअनुसार फेसबुक म्यासेन्जरमा म्यासेजहरु आउन पनि पठाउनमा समस्या देखिएको छ । त्यस्तै इन्स्टाग्रामको डाइरेक्ट म्यासेजमा पनि समस्या देखिएको छ ।
डाउनडिटेक्टरका अनुसार युरोप र जापानका मानिसहरुले आफ्नो फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको गुनासो गरेका थिए । तर, अहिले अष्ट्रेलिया, भारत, कोरियालगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गुनासोहरु आइरहेका छन् ।
स्रोत : बिजनेसइन्साइडर
https://nepalesest.com/wp-content/uploads/2020/12/F7718ADD-AB1D-48D3-8BBF-CE385F0AFBB9.jpeg7201280vgurunghttp://nepalesest.com/wp-content/uploads/2020/11/Website-300x83.pngvgurung2020-12-10 13:06:112020-12-10 13:06:18फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या
Nepalese Sing Together-NST पेजमा हाम्रो हरेक साङ्गीतिक कृयाकलाप हरुमा हामीलाई निरन्तर मायाँ र साथ दिनुहुने हाम्रा प्यारा दर्शक-श्रोता हरुमा सांगीतिक अभिवादन! यहाँहरुको जानकारीका लागि: NEPAL STAR को मन्चमा हाम्रो(NST)लाई प्रतिनिधित्व गर्दै (Top-10) सम्म यहाँहरुको Vote ले गर्दा सुरक्षित रहेर हाल(Top-9)छनौटमा आफ्नो प्रस्तुति दिई सकेकी हाम्री क्षमतावान साथै सम्भावना बोकेकी (NSTIAN कलाकार) समीक्षा दाहाललाई पुनः हजुर हरुको भोटको आवश्यक परेको हुँदा हजुरहरु सम्पुर्णले उहाँको कलालाई प्रोत्साहन स्वरुप धेरै भन्दा धेरै भोट गरेर(Top-9)मा सुरक्षित रहन सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दछौँ!
Voting line शनिबार राति(९:००बजे)देखि बिहिबार राति(१२:०० बजे)सम्म voting खुल्ला रहनेछ। (उहाँलाई भोट गर्नका लागि) #नेपाल_बाट: आफ्नो मोबाइलको(msg box)मा गई(NS12)Type गरि (33001)मा send गर्न सक्नुहुनेछ। #नेपाल_बाहिर_र_नेपालबाटै: स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्णले Nepal Television को App download गरेर उहाँलाई सक्दो भोट गर्न सक्नुहुनेछ।
साथै Nepal television को website बाट पनि vote गर्न सक्नुहुनेछ। कृपया उहाँलाई धेरै भन्दा धेरै भोट गरेर उहाँको (Top-9) यात्रालाई सुरक्षित गर्न सहयोग गरिदिनु होला! धन्यवाद!
२३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छिन्।
शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्। किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन्। यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले प्राप्त गरे। मिस टुरिजमको विधा यही वर्षदेखि समावेश गरिएको आयोजक हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले बताउनुभयो।
Youtube ले आफ्नो Channel मा Upload भएका Videos हरुमा नराम्रा कमेन्टहरु लेख्न नमिल्ने फिचर ल्याउने तयारी गरिरहेको छ। टेक क्रन्चका अनुसार बिहीबार युट्युबले समाजिक सञ्जालमा बढ्दै गएको विकृति तथा मानहानी जस्ता कृयाकलाप हरुलाई कम गर्न नयाँ फिचर ल्याउने तयारी गरेको हो। सो फिचरले नराम्रा र घृणास्पद कमेन्ट लेख्नखोज्ने हरेक व्यक्तिलाई त्यस्ता कमेन्ट पोष्ट गर्नुअघि एक पटक पुनर्विचार गर्न अनुरोध गर्नेछ। युट्युबका अनुसार यदि कोही
व्यक्तिले भिडिओमा नराम्रो कमेन्ट लेखिरहेको छ भने त्यहाँ(Keep Comment Respectful) भन्ने चेतावनी/जानकारी दिनेछ। यसैको तलपट्टि(Edit Button Option) दिइएको छ, जहाँ आफ्ना नराम्रा कमेन्ट फेरि एकपटक हेरेर त्यसलाई मिलाएर सही ढंगले लेख्न सकिनेछ यससँगै आफूले लेखेको कमेन्ट राम्रो हो वा होइन भन्ने बुझ्न त्यहाँ ‘कम्युनिटी गाइडलाइन’ नामक अर्को विकल्प पनि देखाइएको हुन्छ। यी फिचरले कसैलाई नराम्रो कमेन्ट पोष्ट गर्नबाट रोक्दैन,यदि कमेन्ट पोष्ट गर्नु नै छ भने(Post Anyway)बटनमा क्लिक गर्न सकिनेछ।
https://nepalesest.com/wp-content/uploads/2020/12/youtube_techpana.jpg500810vgurunghttp://nepalesest.com/wp-content/uploads/2020/11/Website-300x83.pngvgurung2020-12-05 22:53:142020-12-05 22:53:19Youtube ले नराम्रा कमेन्टहरु लेख्न नमिल्ने फिचर ल्याउने तयारी गरिरहेको छ
https://nepalesest.com/wp-content/uploads/2020/12/news.png7201280vgurunghttp://nepalesest.com/wp-content/uploads/2020/11/Website-300x83.pngvgurung2020-12-04 20:43:172021-09-20 18:37:52इन्डोनेसियन चेली स्यानिया र इन्तान को नेपाली कभर गीत “कोमल त्यो तिम्रो” सार्वजनिक हुँदै
https://nepalesest.com/wp-content/uploads/2020/12/Dish-home-string-techpana.jpg450730vgurunghttp://nepalesest.com/wp-content/uploads/2020/11/Website-300x83.pngvgurung2020-12-03 22:22:522021-09-20 18:38:19डिशहोमको अंग्रेजी सांगीतिक प्रतियोगितामा शिवना विजयी