लोक दोहोरी क्षेत्रमा नँया आगमन_एडिसन दर्लामी मगरको मौलिक सालैजो “बैना रुमाल”

लोक दोहोरी क्षेत्रको फराकिलो आधार संगै नँया लोक दोहोरी सौगात सहित हाम्रो NST सदस्य
एडिसन दर्लामी मगर को शब्द र संगीतमा रहेको बिल्कुलै नँया र सुन्नै पर्ने नँया लोक दोहोरी पश्चिमी
(सालैजो) भाका “बैना रुमाल” Music Nepal YouTube Channel बाट Release गरिएको छ।

यस गीतमा
➤ Singer – Sharmila Gurung & Chandra Darlami Magar
➤ Lyrics – Adition Darlami Magar
➤ Music – Adition Darlami Magar
➤ Artists – Ramji Khand, Karishma Dhakal, Pritam Thapa Magar & Arushi Magar
➤ Editor – Prabin Bhatta
➤ Camera – Karan Chaisir
➤ Director – Mausam Himali
को रहेको छ।

मायाँ प्रेमका अपेक्षा र चाहाना हरूलाई विशेष गरी सालैजो भाकामा गीतकार स्वयंले आफ्नो लय दिनु भएको छ। साथै गायक/गायिका द्वय:(चन्द्र दर्लामी र शर्मिला गुरुङ्ग)ले गीतकारको शब्द भावलाई निकै न्याय पुर्वक आफ्नो स्वरले सजाएर साथ दिनु भएको छ।

नेपालको पश्चिमी मौलिक संस्कारिक संगीतिक मूलधार बोकेको (सालैजो भाका) सम्भवतः पश्चिम क्षेत्रमा निकै लोकप्रिय भाका हो। जसले त्यँहा अवस्थी बृद्ध देखि बालकहरु सम्म आफ्नो मौलिक छाप बसाई सकेको छ।

यस गीतले दिन खोजेको सन्देश र यसले बोकेको भाव के हो त?
यो सबैको मनमा कौतुहलता को विषय बन्न सक्छ।
त्यसैले आउनुस यी सब छोडेर हामी गीत नै सुनौ जहाँबाट हामीले प्रतक्ष रुपमा यस गीतको भाव बुझ्न सक्छौ।
पूरा Video हेरेर मनोरन्जन लिनको लागि तलको link मा click गर्नुस।

साथै यस News लाई सकेसम्म Share गरेर साथ दिनु होला। धन्यवाद।

Facebook Comments
(Visited 2536 times, 1 visits today)

About The Author

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *