NST Competition For Cover Song

NST Competition For Cover Song
नमस्कार NST मेम्बेरहरु लगायत सम्पुर्ण संगीतप्रेमि साथीहरुमा
NST ले पहिला पनि साङ्गितिक क्षेत्रमा विभिन्न किसिमका कार्यक्रम साथै प्रतियोगिता गर्दै आएको कुरा सबैमा अबगत नै छ। र यहि सिलसिलामा अब पनि NST ले यहि मिति 20 November 2017 देखि 31 December सम्म Cover Song प्रतियोगिता सुरु गर्न लागि रहेको हुदा यो कुरा सबैमा जानकारी गराउदै।
यो प्रतियोगिता को लागि केही प्रक्रिया तथा नियमहरू पालना गर्नु पर्ने हुदा नियमहरु यसप्रकार छन्:
1. यो प्रतियोगितामा कुनै पनि नेपाली गित Solo (Smule मा VIP) हुने ले आफैले रोजेर गाउन सक्नु हुन्छ। र VIP नहुने ले हाम्रो NST Official Id लगायत NST Founder Team बाट invite गरिएको song मा पनि join गरेर यो प्रतियोगितामा मा सहभागी हुन सक्नु हुनेछ। र प्रतियोगिता पहिलो र दोस्रो चरणमा हुनेछ।
2. गीत भिडियो मा हुनु पर्ने छ,गीत को Track clear quality हुनु पर्छ र भिडियो background सफा हुनु का साथै बाहिरी आवाज ले disturb गरेको हुनु हुदैन
4. यो कार्यक्रम मा NST मेम्बेर लागयत जो कोहि ले पनि भाग लिन सक्नु हुनेछ। खास गरि नेपालमा रहने मेम्बेर या non मेम्बेर को लागि हुने छ। यदि कोहि बाहिर बाट पनि भाग लिन चाहनु हुन्छ भने यदि winner भएको खण्डमा रेकर्डिङ को लागि time निकाल्न सक्ने वा आफ्नो भागमा रहेको पुरस्कार अरु कोहि आफ्नो मित्र लाई दिन सक्ने अबस्थामा मा यो प्रतियोगितामा सहभागी हुनसक्नु हुनेछ।
पहिलो चरण। (First Round)
(A) सबैले आफ्नो आफ्नो गीत को भिडियो 20 November 2017 देखि 27 November 2017 सम्ममा पेश गरिसक्नु पर्नेछ।
गीतको भिडियो हामी लाई हाम्रो NST फेसबुक पेजको messenger मार्फत पठाउन सक्नु हुन्छ या कुनै पनि NST founder Team लाई send गर्न सक्नुहुनेछ।
*नोट (गीत रेकर्डिङ गर्दा smule बाट मात्र न भइ अरु सामन्य भिडियो रेकर्डिङ बाट पनि गर्न सक्नु हुनेछ)
(B). राम्रो गीतको भिडियो लाई NST को फेसबुक पेजमा 30 November 2017 देखि पोस्ट गरि 10 December सम्ममा 50% Public voting र 50% जजहरुको Voting बाट 7जना NST मेम्बेर र 5 जना non NST मेम्बर को भिडियो अन्तिम चरणको लागि Nominate हुनेछ।
दोस्रो चरण (Second Round)
(A) जति पनि पहिलो चरन बाट Top 12 मा पर्न सफल प्रतियोगिले फेरि पनि अर्को गितमा आफ्नो प्रतिभा राख्नु पर्ने हुन्छ। र त्यो गितको छनोट हाम्रो NST Judges बाट हुनेछ।
र यसको लागि 11 December 2017 देखि 17 December सम्ममा आफ्नो Song हामी लाई उपलब्ध गराइ सक्नु पर्नेछ।
(B) र सबै song उपलब्ध भइ सके पछि 19 December 2017 देखि वेबसाईट भोटिङ सुरु गरिने छ यो भोटिङ 31 December सम्म रहने छ।
(C) र अन्त्यमा Public Voting को 50% र जज Voting को 50% को आधारमा New Year का दिन (1st January 2018) 7 जना प्रतियोगी लाई winner घोषित गरिने छ। र winner हुने 5 जना NST मेम्बर र 2 जना Non NST मेम्बेरलाई NST Team ले एउटा/एउटा Cover Song Recording गरिदिने छ ।
धन्यवाद…..
NST Team

Facebook Comments
(Visited 39 times, 1 visits today)

About The Author

You might be interested in

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *