भेष गुरुङ र राज वाम्बुले राईको(“आधी रात “) सार्वजनिक

(यस गीतमा:)
स्वर:- भेष गुरुङ
शब्द:- राज वाम्बुले राई
संगीत:- थमन गुरुङ को रहेको छ,
राज वाम्बुले राईको शब्दमा रहेको(आधी रात..)
बूढासुब्बा म्युजिक यू-ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यस गीतमा रचनाकारले एउटा काल्पनिक परीको लागि काल्पनिक शब्दहरु लेख्नुभएको छ,
राज वाम्बुलेको शब्दमा रहेको यो उहाँको तेस्रो गीति संगालो हो, यसबाहेक उहाँले:
पहिलो गीत:प्रीतको शहर

दोस्रो गीत:कसममा
आफ्नो शब्द र संगीत दीसक्नु भएको छ,
उहाँको तेस्रो गीत अथवा(आधी रातमा)
सुमधुर आवाजले शब्दलाई गायक भेष गुरुङले न्याय दिनुभएको छ।
भेष गुरुङ्ग स्वयं:
(NST-Nepalese Sing Together Smule Group) का संस्थापक समेत रहनुभएको छ।

प्रेम आफैमा एउटा सुन्दर चिज हो जो एक अर्कालाई हृदय देखिनै प्रकट गर्न खोजिन्छ, विशेष गरि यस भिडियोमा पनि एक प्रेमिल जोडीलाई दर्शाइएको छ, जसमा प्रेमीले आफ्नो प्रेमीकालाई धेरै मायाँ गरेर आफ्नो भावना व्यक्त गरिरहेको भिडियोमा हेर्न पाइन्छ।

एक अर्काको मायाँमा परेका प्रेमीले आफ्नो प्रेमिका जीन्दगीको एक अमूल्य पात्र भन्ने शाब्दिक अर्थ यहाँ देख्न र सुन्न पाईन्छ। आधा रातमा ब्यूँझाउदै आउने प्रेमिकाको यादलाई समेटेर एक भावनात्मक अभिव्यक्ति यस गीतमा दर्साइएको छ।

यस गीतले अहिलेको(Young Generations)लाई समेट्न सक्ने रचनाकार अनि गायकको अपेक्षा रहेको छ।
जसलाई रचनाकारले मीठो र सरल शब्दमा प्रस्तुत गर्नुभएको छ, भने तीनै शब्दलाई प्रशंसा योग्य संगीतमा उन्नुभएको छ। फेरि गीत र संगीत दुवैलाई बडो स्वाद मानेर गायक भेष गुरुङ्गले गाउनुभएको छ।

उक्त म्युजिक भिडियोमा (सोनाम शेर्पा र सम्झना तामाङ)
को अभिनय रहेको र एरेन्ज:(विनोद रसाइली)को रहेको छ भने यस म्युजिक भिडियोको
(निर्देशन/छायाँकन/सम्पादन)स्वयम् गायक भेष गुरुङले गर्नुभएको छ ।
पुरा भिडियो हेर्नको लागि तलको link click गर्नुहोला।

यस गीतलाई लाइक, कमेन्ट र शेयर गरेर साथ दिनुहुन्छ भन्ने अपेक्षा राखेका छौ।

साभारः
(Nepalese Sing Together-NST)

Facebook Comments
(Visited 667 times, 1 visits today)

About The Author

You might be interested in