(राधिका)लाई तपाई हामि जस्तै जिउँन दिन आर्थिक सहयोग अपिल।

(राधिका)लाई तपाई हामि जस्तै जिउँन दिन आर्थिक सहयोग अपिल।

 

NST-Nepale’s Sing Together
March/02/2019
आफ्नो घर-परिवारलाई सुख/खुसी राख्ने चाहाना हामि सबैमा हुन्छ,
विशेषतः हाम्रो परिवारिक तनाव/चिन्तनका सधैँ सिकार बन्ने प्रायः सबै मानिसहरू महिला नै हुन्छन,
यसको मतलव पुरुषहरूको जिम्मेवारी छैन भन्ने हैन। दैनिक रुपमा हरेक बीमारको सिकार बनेका कयौँ महिलाहरुको समाचारहरु हामि सधैँ देख्न/पढ्न भ्याउछौ।
अनि हामि सभ्य नेपालीको अभ्यास अथवा पहिचान देखाउँदै हामि शारीरिक रुपमा अशक्त,वा कुनै रोग घटनाहरुले अङ्गभङ्ग भएका हरेक नेपाली मात्र नभएर आफूले देखेका संसारका अशक्त व्यक्तिहरुलाई आफुले सकेको सहयोग गर्न तत्पर हुन्छौ।

हो, त्यस्तै आपत परिस्थितिमा हुनुहुन्छ तपाई हाम्रो एक नेपाली (दिदि/बहिनी छोरी/नातिनि)
शान्तिपुर -४ इलामकी (राधिका न्यौपाने)

राधिका,
आफ्नो परिवारको शीर उच्च तथा आफ्नो पढाइलाई उच्च र स्तरीय बनाउँने सोचले आफ्नो शैक्षिक अध्यायनको लागि
उनि ईजरायलको (किन्नरेट नामक कलेजमा) पुग्छिन।

पढाईको दिनहरु खुसीसाथ बित्दैथिए,
अचनाक राधिकालाई स्वास्थ्यमा गडबडी देखिन थाल्यो।
स्वास्थ्य उपचारको लागि राधीकाले जाँच गराउँदा Doctor को Report अनुसार उनीलाई स्तन क्यान्सर भएको देखियो।
यसै Report को आगमन संगै राधीकाको सपनाहरु एकाएक खरानी हुनथाले।
भखरै मात्र विवाह बन्धनमा बाधिएर आफ्नो परिवारको सुनौलो भविष्यको सपना देखेर प्रवास पसेकी राधिकालाई ठूलै बज्रपातले निशाना बनायो।
राधिका आफ्नो उपचार आफ्नै जन्मभूमि नेपालमा गराउँने निर्णय लिँदै ईजरायल बाट उपचारको लागि नेपाल आएकी छिन।
उता खाडीमा रहेका राधीकाको श्रीमान राधीकाको यस्तो हालत थाहा पाएर पारिवारिक सपनाहरुलाई विश्राम गराउँदै श्रीमतीको उपचारको लागि नेपाल फर्कदैछन।
नेपालमा आफ्नो आफन्तहरु बाट सक्दो सहयोग जुटाई राधीकाको स्वास्थ्य सुधार हुँदैछ।

डक्टरको रिपोर्ट अनुसार राधीकाको अवस्था एकदमै नाजुक अवस्थामा रहेको कारण उपचार महंगोे हुने भए पनि उपचार सम्भव देखिएको जनाईएको छ।
उपचारको लागि लगभग २० लाख रुपैया लाग्ने अनुमान छ।
राधीकाको उपचारको लागि यो रकम जुटाउनको लागि परिवारिक स्थिति नाजुक भएको कारण संसारभरी छरिएर रहनु भएका सम्पुर्ण नेपाली महानुभाव हरूलाई राधीकाले हामीजस्तै बाँचेर आफ्नो ईच्छा/चाहानाहरु पुरा गर्न सकुन! राधीकाले तपाई हाम्रो कारण एक नँया जीवन जीउन पाउन! हामि राधिकालाई बचाउनको लागि हजूरहरूले आफूले सक्ने सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछौ।

यदि हजूरहरूले राधीकाको नँया जीवन दिनको लागि सहयोग गर्न चाहानुहुन्छ भने तलको Details मा रकम पढाएर उहाँको पारिवारिक खुसी दिन सक्नुहुने छ।

 

शाभार:
(NST-Nepale’s Sing Together)

Facebook Comments
(Visited 50 times, 1 visits today)

About The Author

You might be interested in