नव गायक होम पुनको अहिले सम्मकै धेरै कोरस सहितको फरक अनि मिठो मौलिक सालैजो

धेरै जनाले प्रतिक्षा गरिदिनु भएको मेरो “सालैजो ” तपाईंहरू माझ लिएर उपस्थित छु । गीत फरक स्वादको मौलिक सालैजो गीत निकै मीठो र उत्कृष्ट बनाउने प्रयास गरेर तपाईंहरू समक्ष पहिलो पटक आएको छु, आशा छ मेरो यो सानो प्रयासलाई तपाईँहरूले माया, साथ, सपोर्ट र हौसला दिनुहुनेछ।
( यस गीतमा )

स्वर :- देवी घर्ती मगर / होम पुन
समुह गायन :- प्रसाद खप्तरी / युवराज मगर / सुष्मिता घर्ती मगर
शब्द :- प्रसाद खप्तरी मगर
लय :- युवराज मगर
निर्देशक :- बिक्रम चौहान
एरेन्जर :- एच.बि.एन किस्मत
मोडल :- खेम गुरुङ / निर आले / सरिष्मा मगर

आदरणीय दर्शक तथा श्रोताबिन् धेरै मेहनत र लगनशील पछि “सालैजो” लिएर अन्तत: तपाईंहरू समक्ष मेरो पहिलो कोसेली प्रस्तुत गर्न सफल भएको छु। मेरो रहर अनि प्रयास लिई गायिका देवी घर्ती मगरको साथमा प्रस्तुत छु, त्यस्तै सामूहिक गायनमा यसै ” सालैजो ” गीतको रचनाकार प्रसाद खप्तरी मगर र लय दिनुहने युवराज मगर अनि सुष्मिता घर्ती मगरले साथ दिनुभएको छ । यस गीतलाई मैले आफ्नै YouTube Hom Pun च्यानलबाट सार्वजनिक गरेको छु ।

यस गीतको म्युजिक भिडियोमा मुख्यतय खेम गुरुङ, निर आले र सरिष्मा मगरको नृत्य तथा अभिनय देख्न सकिन्छ । साथै अन्य सहयोगीहरूको नृत्य पनि देख्न पाइन्छ। यो गीतको म्युजिक भिडियो आफ्नै भेषभुषामा सजिएर तयार गरिएको हो आफ्ना भेषभुषा र मौलिकतालाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश पनि यस गीतको भिडियोमा पाइन्छ।

यस गीतलाई राग स्टुडियोमा रेकर्ड गरिएको हो, यस गीतको एरेन्जर एच.बि.एन किस्मत हुनुहुन्छ भने बिक्रम चौहानले निर्देशन गर्नुभएको छ । यति मीठो गीत बनाउन रातदिन खतेर मलाई सहयोग गर्नुहुने नाम छुटेका सम्पूर्ण अग्रजप्रति हार्दिक सम्मान 🙏🙏 मेरो रहर अनि पहिलो प्रयासलाई अथाह माया गरेर जसरी भएपनि एकपटक हेरिदिनु हुन्छ भन्ने अपेक्षा लिएको छु । जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला है त साथमा मेरो YouTube chanel लाई पनि SUBSCRIBE तथा यस गीतलाई लाइक कमेन्ट र शेयर गरिदिनु हुन अनुरोध गर्दछु ।

यो भिडीयो मा ड्रोन पनि प्रयोग गरि 4K क्वालिटीको भिडीयो  बनिएको छ ।

NST सदस्य हाेम पुन

Facebook Comments
(Visited 191 times, 1 visits today)

About The Author

You might be interested in