भुवन आचार्य र श्याम लम्सालको ( “मेरो सामु” ) बोलको गीत सार्वजनिक


शब्द:- श्याम लम्साल
संगीत:- प्रकाश नेपाली
स्वर:- भुवन आचार्य को रहेको छ ।
प्रतिक्षाको घडी समाप्त भइ निकै समयको व्यग्र प्रतीक्षापछि एउटा निकै नै कर्णप्रिय गीत यहाँहरु समक्ष ल्याउन सफल भएको छ। रचनाकार श्याम लम्सालको शब्दमा रहेको ( “मेरो सामु” ) Falono Creation YouTube च्यानलबाट सार्वजनिक गरिएको छ । यस च्यानलबाट तपाईँले “मेरो सामु” बोलको हेर्न र सुन्न सक्नुहुन्छ, यस गीतमा रचनाकारले आफ्नो प्रेमिकाको अर्कै सँग सम्बन्ध रहेको थाहा पाएपछि अब प्रेमिको सामु आएर झुटो कसम नखान अनुरोध गर्दै अति नै शब्दमा लेख्नुभएको छ ।

रचनाकारले जति मीठो शब्दमा लेख्नुभएको छ ती शब्दहरूमा त्यति नै मीठो संगीत भर्नु भएको छ संगीतकार प्रकाश नेपालीले । त्यही मीठो शब्द र संगीतलाई सार्थक बनाउदै सुमधुर आवाजले गाउनुभएको छ भुवन आचार्यले यसरी एक अर्कामा परिपूरक भइ एउटा अत्यन्तै मार्मिक गीत बजारमा ल्याउनुभएको छ । एउटा मीठो गीत तयार हुन पहिले संगीत अनि शब्द र स्वरको महत्वपूर्ण भूमिका रहन्छ तिनै तीन तत्वको मिश्रण पाइन्छ यस गीतमा ।

( “मेरो सामु” ) गीतको एरेन्जर गणेश चौधरीले गर्नुभएको छ भने मिक्सिङ्गमा प्रकाश केसी दाइले साथ दिनुभएको छ । यस गीतलाई Dreams स्टुडियोमा रेकर्ड गरिएको हो । साथै उक्त गीतमा राम, श्रेया र पुरुशोत्तम तीन जना कलाकारको अभिनय रहेको छ। भिडियोमा एक सच्चाले प्रेमीले आफ्नो प्रेमिकालाई माया गर्छ तर प्रेमिकाले आफ्ना केही स्वार्थ पूरा गर्न मात्र माया देखाएर दोस्रो सम्बन्ध स्थापित गरेको दृश्य देख्न पाइन्छ। आदरणीय श्रोता तथा दर्शकबिन् सन्सारमा साँचो मायाको कदर साँचो पाउनेले गर्न सक्दैनन् तिनै यथार्थलाई गीत र भिडियोमा चित्रण गरिएको छ । त्यसैगरी यो गीतको सिनेमेटोग्राफीमा सरोज अधिकारी रहनुभएको छ भने निर्देशन सुबास अम्गाइले गर्नुभएको छ । सम्पूर्ण टिमहरू प्रति आभार प्रकट गर्दछौँ ।

र यहाँहरू सम्पूर्णमा हार्दिक अनुरोध छ कि लिंक खोलेर गीत सुन्दै नियालेर माया गरिदिनुहोला, लाइक कमेन्ट र शेयर पनि गरिदिनु होला, यहाँहरूको साथ र हौसलाले नै आगामी दिनमा पनि प्रेरणा मिल्नेछ ।।

 

 

Facebook Comments
(Visited 16 times, 1 visits today)

About The Author

You might be interested in